About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल द्धारा सुनवलमा राहत वितरण

उमेश बि.क आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासीको सुनवल नगरपालिका वडा नं. १ र ४ मा अति विपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ।

अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेल , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य राजु ढकाल र सुनवल नगर सह- संयाेजक विनाेद पाण्डेकाे विशेष पहलमा र राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य पर्शुराम वुढा तथा अनेरास्ववियू जिल्ला सदस्य सुमन भण्डारी , समाजसेवि भरत पाण्डेकाे सक्रियतामा सुनवल नगरपालिका वार्ड नं. १ र ४ मा गरि १७ घर धुरीलाई खाद्यान्न सामाग्री वितरण गरिएकाे हाे।

लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत स्वरुप चामल , दाल , नुन , तेल , सोयाबिन , चिउरा , साबुन १७ घर धुरीलाई सुनवल १ को (सुनवल गाउँ ) र सुनवल ४ को (मुनाल पथ , चारघरे र पाँचघरे ) मा वितरण गरिएको सुनवल नगर सह- संयाेजक विनाेद पाण्डे बताए ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेलले बताए ।

खाद्यान्न वितरण अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेल , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य राजु ढकाल ,सुनवल नगर सह- संयाेजक विनाेद पाण्डे , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य पर्शुराम वुढा ,अनेरास्ववियू जिल्ला सदस्य सुमन भण्डारी , समाजसेवि भरत पाण्डे लगाएको सहभागीता रहेकोे थियाे।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]om
Web :- www.darpanpost.com