About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
जन्मदिनको अवसरमा नेवि संघ नेता अर्याल द्वारा कोरोना राहत कोषमा १२ हजार सहयोग

मिलन पंगेनी बुधबार, चैत्र १९, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

, स्याङ्जा
स्याङ्जा जिल्लाका नेवि संघ उपसभापति तथा नेविसंघ जनसम्पर्क पोर्चुगलका सभापति अर्जुन अर्यालले आफ्नो जन्मदिनको अवसरमा कोरोना राहत कोषमा १२ हजार ७ सय रुपैंया रकम जम्मा गर्नुभएको छ ।

आफ्नो ३४ औं जन्मदिनको अवसरमा वालिङ नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा उक्त रकम अर्यालले जम्मा गर्नु भएको हो ।

पोर्चुगलमा बस्दै आउनु भएका अर्यालले हाल विश्वले नै उक्त रोग बाट लडिरहेको बेला आफ्नो देशमा र गृह पालीका लाई पनि केही सहयोग होस् भन्ने भावनाले आफ्नो स्थर बाट सक्दो सहयोगको प्रयास गरेको जानकारी दिनु भयो । कोरोना बाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने र सम्पूर्णले आफ्नो स्थान बाट यो रोग बिरुद्ध लड्न का लागि सक्दो सहयोग गर्न सम्पूर्ण समाजसेवी र बुद्धिजीवी हरुलाई अनुरोध गर्नु भयो ।

जन्मदिनमा अनावश्यक रकम खर्च गर्ने परम्परा को अन्त्य हुनु पर्ने सोच सबै मा विकास भई उक्त रकम समाज सेवा मा प्रयोग भए सम्पूर्ण को भलो हुने बताउनु भयो । नेता अर्यालले नगरपालिकाको कोरोना राहत कोषको नाममा रहेको नेपाल बैंकको खातामा उत्त रकम पठाउनुभएको हो।

पोर्चुगलमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनी हरुलाई समस्या परेमा पोर्चुगलका जनसम्पर्क समाजले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com