About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
लकडाउनका बेला निजि क्षेत्रको सहयोग

प्रकाश न्यौपाने शनिबार, चैत्र १५, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

लकडाउनको समयमा के– के समस्या पर्दछन् । एकै छिन सोचौं त । दिनभरी ज्याला मजदुरी गर्ने र साझं सामान किनी खानेलाई दैनिक खानाको आवस्यकता पर्दछ त्यस्तै केही विरामी प¥यो भने अस्पताल जान गाडि वा एम्बुलेन्स यस्तै–यस्तै धेरै कुराहरु आवस्यक पर्दछन् । पश्चिम नवलपरासीमा लकडाउनको केही यस्ता सहयोगी मनहरु देखीएका छन् । ति मध्येका एक हुन् बेल्गा नेपाल । उनिले आफ्नो सामाजिक सञ्जालबाट नवलपरासी बर्दघाट सुस्ता भित्र बस्ने केही कसैलाई लकडाउनको समयमा दैनिकी खानाको समस्या भएमा आफुलाई सम्पर्क गर्न भनेका छन् । फेसबुक मार्फत उनी लेख्छन– “नवलपरासी बसुप भित्र कसैको छाकटार्न गार्हो भको छ भने कृपया 9847188839 मा सम्पर्क गर्नुहोस, आज मात्रै होइन लकडाउन सम्म , यो मेरो जिम्मेवारी भयो .”

त्यस्तै गरी बर्दघाट ४ निवासी डि.वि.अधिकारी । उहाँले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लकडाउनको समयमा कोही कसैलाई स्वास्थ्य समस्याका कारणले हस्पिटल जानु परेमा निशुल्क सवारी साधन दिने बताउनुभएको छ । उहां भन्नुहुन्छ –“बर्दघाट नगर भरी लक डाउनका समयमा गंभिर स्वास्थ्य समस्याका कारण उपचारका लागि हस्पिटल जानु परेमा निशुल्क सवारी साधनकालागि सम्पर्क गर्नु हुन अनुरोध। 9847023080”

यतिमात्रै होइन प्याव्सन नवलपरासीले सरकारलाई आवस्यक महसुस भएमा विद्यालय भवनहरु क्वारेन्टाइनको लागी प्रदान गर्न सकिने प्याव्सन नवलपरासीका अध्यक्ष इन्द्र गुरुड्ले बताउनु भएको छ । उहांले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ –“प्याब्सन नवलपरासी को अपिल सिङ्गो बिश्व नै कोरोना भाईरस कोभिड–19 संग जुधिरहेको यो विषम घडीमा राज्यले आफ्नो नागरिकहरु संक्रमित हुन बाट जोगाउनको लागि गरिएको लक डाउन अर्थात अघोषित कर्फ्यु को ब्यवस्थालाई सम्पुर्ण प्याब्सनिस्ट मित्रहरू, शिक्षक र शिक्षिका एवं स्टाफहरु, सम्पुर्ण अभिभावक ज्युहरु, बालबालिका विद्यार्थी हरुले कडा अनुशासन का साथ घर भित्रै बसेर पालना गरि आफ्नो, परिवारको, समाजको तथा सिङ्गो रास्ट्रको शुरक्षा गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछ । साथै सरकार लाई आवश्यक महसुस हुंदा सिङ्गो प्याब्सन नवलपरासी का विद्यालय भवनहरु क्वारेन्टाइन को लागि प्रदान गर्न सकिने समेत जानकारि गराउंछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com