About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
अस्पतालमा चाप कम

Darpanpost शनिबार, चैत्र ०८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

कोरोनाको त्रास बढेसँंगै अस्पतालमा बिरामी कम आउन थालेका छन् । उपत्यकाका वीर, शिक्षण, कान्ति, पाटनलगायतका अस्पतालमा कोरोना भाइरसका कारण बिरामी अत्यन्त न्यून मात्रामा आउन थालेका हुन् । वीर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामी आउने गरेकामा शुक्रबार एक हजार पनि बिरामी आएका थिएनन् ।

अस्पतालहरूले पनि सूचना प्रकाशित गर्दै अत्यावश्यकबाहेक अन्य बिरामीलाई अस्पतालमा नआउन आग्रह गरेको छ । नियमित औषधि सेवन गरिरहेका बिरामीहरूले पनि फोनमार्फत बुझेर औषधि सेवन गर्न आग्रह गरिएको छ । वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले अस्पतालमा बिरामीको चाप अत्यन्त कम भएको बताउनुभयो । उहाँले ज्वरो र रुखाखोकी लागेका बिरामीलाई छुट्टै व्यवस्था गरी उपचार सुरु गर्न थालिएको
जानकारी दिए।

कान्ति बाल अस्पतालका निर्देशक डा। कृष्ण पौडेलले अस्पतालमा १० शøयाको आइसोलेसन वार्ड सुरु गरिसकेको जानकारी दिए। उहाँले छ वर्षीय र तीन वर्षीय दुई बच्चालाई कोरोना आशङ्का गरेर टेकु पठाएकामा हालसम्म रिपोर्ट नआइसकेको जानकारी दिए।गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com