About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
सुनवल खानेपानीको पहिलो मासिक बैठक सम्पन्न , न्यूनतम शुल्क ५० अति बिपन्न परिवारलाई निशुल्क धारा जडान ।

Darpanpost शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

सुनवल । सुनवल खानेपानी तथा सरसफाइ संस्था सुनवल को सातौ सधारण सभा तथा पाचौं अधिबेसन सम्पन्न भै सकेपछीको पहिलो मासिक बैठक सप्पन्न भयको छ ।

बैठकले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासो लाई मध्यनजर गरि केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले २०७६ चैत्र १ गते बाट लागू हुने गरि न्यूनतम शुल्क रु ५० कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले एक घर एक खानेपानी को अभियान लाई सफल बनाइ खानेपानी आम जनताको पहुचमा पुर्याउन नया धारा जडान शुल्क रु १५,०१०/- र ( पन्ध्र हजार दश रुपैयाँ)  लाई समायोजन गरि रु १०,०१०/- र (दश हजार दस रुपैया मात्र ) कायम गरेको छ भने बिपन्न परिवारलाई किस्ताबन्दी मा खानेपानी जडान गर्ने निर्णय गरेको छ । अति बिपन्न परिवारहरुका हकमा भने खानेपानी संस्थाले बनायको अति बिपन्न परिवारको मापदण्ड भित्र पर्ने परिवार लाई सम्बन्धित वार्ड कार्यलयको सिफारिसमा मा निशुल्क खानेपानी जडान गरिने पनि निर्णय गरियको छ भनी संस्थाका सदस्य रमेश नेपालीले बताउनु भयो ।
अधिबेशन मा नेकपा को सम्पुर्ण प्यानलै बिजयी भयको थियो भने सर्बसुलभ मुल्यमा स्वच्छ खानेपानी आमजनताको मैलिक अधिकार भयको हुदा र निर्वाचनका क्रममा आम उपभोक्ता सङ गरेका प्रतिबद्धता पूरा गर्न पहिलो बैठक बाटै निर्णय गरेको संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com