About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
श्रीमान दुबईमा, छोरी पढाउन बजार बसेकी बुहारी र छोरीलाई अर्कैले उडायो, परिवार रुँदै मिडियामा {भिडियो

Darpanpost शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

चितवन । झण्डै २४ वर्षकी विवाहित एक महिला, जसको एउटा छोरी पनि छन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । अहिले गएको चैत महिना देखि उनी सम्पर्क विहिन छन् । साथमा रहेकी छोरीको अवस्था पनि थाहा छैन । वुहारी नातिनी सहित हराएपछि अहिले उनका श्रीमानका परिवार खोजिमा लागेका छन् ।

पाँच वर्षको छोरी सहित सविना ९बालकुमारी० वस्याल हराएपछि दिदी सासु अमिता नेपाली रुँदै मिडियाको सहारा लिन पुगेकी हुन् । नवलपरासी तरुवा गाविसमा स्थायी घर भएकी उनी नातिनीलाई स्कूल पढाउन भनेर चितवनमा आएर डेरा लिएर बसेकी थिइन् ।

छोरा वैदेशिक रोजगारीमा रहेका कारण नातिनीलाई राम्रो शिक्षा दिन भन्दै वुहारी नातिनी लिएर वजारमा बसेकी थिइन् । उनको दिदी सासुले आफ्नो वुहारी एउटा केटासंग विवाह गरेर गएको भन्ने जानकारी पाएको बताइन् ।

उनले आफ्नो भाईवुहारी भारतको सिमला पुगेको जानकारी आफुहरुले पाएको बताइन् । नेपाली केटासंग गएकी उनी भारतमै रहेको बताइएको छ । आफ्नो एकजना भाई भारतमा रहेको र ति भाईले उनीहरुको फोन नम्बर पत्ता लगाएर कुरा गर्दा सविना भारत पुगेको जानकारी पाएको बताइन् ।

छोरी पढाउन भनेर उनी चितवन स्थित आफ्नो अंकलको घरमा बसेकी थिइन् । उनी हराएको झण्डै एक वर्ष हुन लाग्यो । उनीहरुले चार वर्षको छोरी सहित लिएर हिँडेपछि भारतमा रहेका श्रीमानका भाईलाई आफु अर्कैसंग विवाह गरेको भनेर खबर गरेकी थिइन् । त्यसपछि उनको खबर छैन । वैदेशिक रोजगारीका लागि वाहिर रहेका श्रीमान घर आउँदा उनी श्रीमानलाई लिन काठमाडौं स्थित विमानस्थल सम्म पुगेकी थिइन् ।

उनी श्रीमानसंग पहाडको घरमा गएर दशैंको टिका समेत लगाएकी थिइन् । दुई तिन पटक घरमा बस्ने गरेकी उनी यसरी हराएको दोस्रो पटक हो । यस अघि पनि भाई बुहारी हराएको ७ दिन पछि फर्काएर ल्याएको उनले बताइन् । उनी भारतमै रहेको जानकारी पाएका कारण मिडियाले सहयोग गरे भारतमै गएर छोरी ल्याउने इच्छा भएको उनले बताइन् ।

अब त बुहारी ल्याउने होइन, गएको एक वर्ष भइसकक्यो त्यो ५ वर्षको छोरी फर्काएर ल्याउन पाए हुनथ्यो उनले भनिन् । भाईले पनि अब श्रीमती गइन् भने ठिकै छ अब कति पटक फर्काउनु, ल्याए पनि फेरी जान सक्छ त्यसैले छोरी मात्र लिएर आउने बताइन् । भाई मलेसिया हुँदा श्रीमती माइत जान्छु भनेर अन्तै गएको अमाजुले बताइन् ।

फेरी मन्त्रि बन्दै बाँस्कोटा

काठमाडौं। ७० करोडको कमिशनको डिल गरेको अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटा निर्दोष सावित भए पूनः सोही जिम्मेवारीमा फर्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो प्रकरणबारे अडियो नै नक्कली हुनसक्ने भन्दै बाँस्कोटाको बचाउ गरेका थिए । बाँस्कोटाको अडियो प्रकरणले चौतर्फी सरकारमाथि प्रहार र विरोध हुँदासमेत प्रधानमन्त्री ओलीले उनको बचाउ गरेका थिए ।उनले बाँस्कोटामाथि गम्भिर आरोप लागेकोले राजीनामा दिएको बताएका थिए ।

बाँस्कोटा अहिलेपनि प्रधानमन्त्रीको भक्तपुरस्थित् बालकोटको निजी निवासमा बस्दै आएका छन् ।उनी ओलीको प्रिय पात्र हुन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले विजय प्रकाश मिश्रसँग कमिशनको डिल गरेको अडियो सार्वजनिक भएको थियो।अहिले बाँस्कोटाले सम्हालेको मन्त्रालय अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडालाई सुम्पिएका छन् ।बाँस्कोटाको अडियो प्रकरणको छानबिनको लागि प्रतिपक्षी दलसमेत माग गर्दै आएको छ । तर, उनीमाथि अहिलेसम्म अख्तियार वा अन्य कुनै छानबिन गर्ने निकायले काम थालेको छैन् ।

यो बीचमा बाँस्कोटाले आफूमाथि गाली बेईज्जति भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध मुद्दासमेत दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले भोलि बाँस्कोटा यो प्रकरणमा निर्दोष सावित भए भने उनलाई नै पूनः पूरानै जिम्मेवारीमा ल्याएर विपक्षीहरुलाई जवाफ दिनसक्ने पनि गाँईगुँई चलेको छ ।उता, बाँस्कोटाको प्रकरणमा नेकपाका नेता विष्णु रिजालले समेत यो प्रकरणमा बाँस्कोटा दोषी नभएको संकेत गरेका छन् । उनले आजमात्रै आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै बाँस्कोटाको बचाउ गरेका छन् ।

उनले लेखेका छन्,‘अडियो टेपमार्फत आफ्नाबारेमा प्रश्न उठेकाले गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिइसकेकाले बाँकी कुरा त्यो प्रश्न निरुपणसँगै टुंगिएलान् । तर, दुईवटा कुरा चाहिँ सुरुदेखि नै स्पष्ट छन् ।पहिलो , अडियो टेपमा उल्लेख गरिए अनुसारको स्वीस कम्पनीसँग सुरक्षण मुद्रणसम्बन्धी नेपाल सरकारको कुनै कारोबार भएको छैन । उक्त कम्पनी छनोट प्रक्रियामा सामेल नै भएको छैन, यतिसम्म कि कुनै पत्राचार पनि भएको छैन । यसर्थ, कुनै आर्थिक कारोबार नै नभएको कम्पनीसँग जोडेर भ्रष्टाचारको सामान्य आशंका गर्न पनि सकिँदैन ।

दोस्रो, अडियो टेपलाई नै आधार बनाउने हो भने पनि २७ र २८ अर्बमा प्रेस ल्याउन सकिने उल्लेख छ । जबकि, फ्रान्सको कम्पनीसँग अघि बढाइएको र सम्झौताका लागि अन्तिम अवस्थामा पुगेको प्रस्तावमा २३ अर्बमा प्रेस ल्याउने कुरा टुंगिएको छ । यदि भ्रष्टाचार नै गर्ने हुँदा त त्यही २७र२८ अर्बको प्रस्ताव अघि बढाइन्थ्यो होला न कि ४र५ अर्ब कमको प्रस्ताव । गोकुलजीले मन्त्रीको कुर्सीमा बसेर कुन प्रसँगमा लापरवाहीपूर्ण रुपमा मन छाम्ने हिसाबले वा बजार मूल्य कति रहेछ भनेर बुझ्ने हिसाबले कुरा गर्नुभयो, त्यसको नैतिक जिम्मा लिएर मूल्य चुकाइसक्नुभएको छ । बाँकी त सम्बन्धित निकायहरुले निक्र्यौल गर्लान् ।रिपोर्टर्स नेपाल

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com