About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
जिउँदो भगवान हुन् आमा बाबा

Darpanpost बुधबार, फाल्गुण २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

आजको २१औं सताब्दीमा आइपुग्दा मानिसहरुको सोच संग्क्रिड बन्दै गहिरहेको बेलामा भद्रपुर ५ निवासी इन्द्र नेपाल कुन शिक्षा , सोच र भावनामा छन् भन्ने विश्वास लाग्दैन । आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ जस्तो मलाई लाग्छ ।

आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिं होइन । नहुर्कीदा सम्म आमाबुवाले हामीलाई ज्यान दिएर पालन पोषणमा गरेका हुन्छन् । आफ्नो सन्तानले खायो कि खाएन ,उसलाई चैन छ कि छैन हरदम आमा बुवालाई यहि कुराको चिन्ता हुन्छ।

वास्तवमा गुरु भनेकै आमा बुवा हुन्। असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति हुन् ।शिक्षा दिएर देशको सभ्य र कुशल नागरिक बनाउन हामीलाई यिनै आमाबुवाले प्रतिज्ञा गरेका हुन्छन् । विडम्वना, सबै आमा बुवाहरुले कहाँ सुख पाउछन ररु आफ्नो छोराछोरीको बाटो हेरेर आज पनि कति आमा बुवाहरु विभिन्न वृद्धा आश्रममा आखाँ रसाएर बसेको भेटिन्छ।

बाचुन्जेल हो धर्मकर्म गर्ने , त्यसैले “आमाबुवा” अर्थात साक्षात देवीदेउतालाई आजैदेखि सुखी राखौँ । आमाबुवा खुसी नभए मातातिर्थ औसी र कुसे औसी को के कामरु

पितृ देवो भव ।

गुरु देवो भव ।

अर्थात् माता ९आमा०, पिता ९बुवा०, गुरु सबै भगवान हुन् ।

हिन्दू धर्ममा भगवानका धेरै अवतारलाई पुज्ने गरिन्छ । बारैपिच्छे फरक फरक भगवानलाई पुजिन्छ । धुप, बत्ती, नैवेद आदि इत्यादी चढाएर प्रशन्न पारिन्छ । उनीहरुका नाममा व्रत पनि बसिन्छ । उनीहरुलाई पुज्ने निश्चित बार र दिन छुट्याइएको छ ।

हिन्दु धर्मले माता पितालाई पनि भगवानका रुपमा परिभाषित गरेको छ । जीवित एवम् साक्षात् देवता । सारा दुःख कष्ट झेलेर प्रत्यक्ष रुपमा सन्तानको लालनपालन गरी सक्षम बनाउने भएका कारण नै माता पितालाई साक्षात् देवता भनिएको हो ।

सबै धर्मले माता पिताको कदर गर्छ नै । यद्यपी हिन्दू धर्मले भने भगवान समानको सम्मान दिएको छ, माता–पितालाई । सम्मान स्वरुप वर्षको एक दिन माता र पिताका लागि छुट्याइएको छ, मातातीर्थ औँसी ९आमाको मुख हेर्ने दिन० । कुशे औँसी अर्थात् पिताको मुख हेर्ने दिन ।

हुन त धन हुनेलाई सधैँ दशैँ ९विजया दशमी० भनेझैँ माता–पिता हुनेलाई सधैँ कुशे औँसी, सधैँ मातातीर्थ औँसी । तर माता–पिताबाट टाढा रहेका छोराछोरीका लागि भने यी दिन अझ विशेष हुन्छन् । पितालाई विशेष सम्मान दिइन्छ ।

पिता हुनेले कुशे औँसीको दिनलाई उत्सवका रुपमा मनाउँछन् । आफ्नो दक्षताअनुसारका विभिन्न परिकारका मिठाई, फलफुल, लत्ता कपडा लगायका उपहार दिएर पिताको मुख हेर्छन् भने टाढा हुनेले फोनबाटै नमन गर्छन्, सम्झन्छन् ।

भौतिक रुपमा अस्त भइसकेका पिताहरुलाई भने छोराछोरीहरुले विभिन्न शक्तिपीठ, देवालय ९गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थल० पुगेर स्नान गरी उनीहरु ९पितृ० को नाममा श्राद्ध, तर्पण र सिदा दान गरी अध्यात्मिक चिन्तनबाट सम्झना गर्ने गर्दछन् । साथै पिताको नाममा पितालाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुबैकुण्ठ लोकको गमन होस्, लगायतका कामना पनि गर्ने गर्दछन् । यसो गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता रहिआएको छ ।

विशेषगरी कुशे औँसीको दिन गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थलमा दिवंगत पिताका नाममा तर्पण तथा सिदादान गर्नेहरुको ठुलो घुइँचो लाग्ने गर्छ ।

कुशे औँसीकै दिन हिन्दू धर्मालम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पनि घर–घरमा भित्र्याउने गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरुद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कुशलाई भगवान विष्णु ९लालनपालन कर्ता० को प्रतीक पनि मानिन्छ । कुशे औँसीका दिन उखेलिएको कुश वर्षभरी प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रमा उल्लेख छ ।

कुशको उत्पत्ति र अर्थलाई शास्त्रमा यसरी परिभाषित गरिएको छः

कुशको उत्पत्ति ब्रह्माजीको उत्पत्तिसँगै भएको हो। त्यसैले इन्द्रादि देवताहरू पनि कुशको प्रयोग गरेर कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग पुराणहरूमा धेरै पाइन्छ। कुश–पवित्र धारण गरेको विप्रादि व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र, एवं भगवान् शंकरको त्रिशूलसमान नै शक्तिशाली मानिन्छ।

भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभयो र त्यसपछिको थकाइ मेट्नका लागि समुद्रकिनारमा जानुभयो। त्यहाँ आराम गर्दा झरेका वराह भगवानका रौंहरू नै पछि कुश एवं काश भएर उम्रिए। यसरी भगवान् वराहबाटै कुशको उत्पत्ति भएको प्रसङ्ग शास्त्रमा पाइन्छ।

चाणक्यका अनुसार यी आमाबुवा शत्रु समान हुन्छन्

भनिन्छ, आमा र बुवा यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छन् । आफूभन्दा खुसी भएको हेर्न चाहन्छन् । आफूभन्दा प्रसिद्ध भएको हेर्न चाहन्छन् ।

आमाबुवाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुवालाई देवता समान भन्ने गरिन्छ । शिव पुराणमा पनि बुवाआमाको महिमालाई बुझाउँदै आमाबुवा संसारभन्दा महान् हुन् भनिएको छ । कथाको सार यस्तो छ( भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धि परीक्षण गर्ने हेतुले दुवैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाँडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैले बाजी जित्छ ।

कुमार आफ्नो बाहन मयूरमा चडेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छन् । यता गणेश आफ्नो बाहन मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित गणेशको हुन्छ ।

धार्मिक हिसाबले जेसुकै भएपनि यो कथाले आमाबुवाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्नलायक पात्र भनेकै आमा र बुवा हुन् । तर, के तिनै आमाबुवा सन्तानका लागि शत्रु समान हुन्छन् रु

आचार्य चाणक्यले यस सम्बन्धमा केही कुरा बताएका छन् । आचार्य चाणक्य महान नीतिकार थिए । उनीसँग अथाह ज्ञानको भण्डार थियो । उनी अत्यन्तै समझदार र ज्ञानी थिए । कुटनीतिक क्षमतामा पनि उत्तिकै अब्बल उनले एक शासकलाई हटाएर नयाँ साम्राज्यको स्थापना गरेका थिए ।

चाणक्यले यस्तो नीति बताएका छन् जो व्यवहारिक छ र त्यसलाई मान्छेले जीवनमा कुनैपनि बेला प्रयोग गर्न सक्छन् । आचार्य चाणक्यले आफ्नो एक नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन्, जो सबैभन्दा ठूलो शत्रु हुनसक्छ ।

यस्तो पिता शत्रु बराबर

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी ।

भार्या रुपवती शत्रुः पुत्रः शत्रुरपण्डितः ।।

चाणक्यले यस श्लोकअनुसार ऋण लिने वा आफ्ना सन्तानलाई ऋणको भार बोकाउने पिता शत्रु बराबर भनेका छन् । एक पिताको धर्म आफ्नो बालबच्चालाई राम्रो ढंगले लालनपालन गर्नु हो । यदि पिता स्वयम् ऋणको बोझ झेल्दैछ भने यो बच्चाका लागि कष्टदायी हुन्छ । यदि पिताले ऋण चुकाउन सकेनन् भने त्यो बोझ बच्चाको टाउकोमा थोपरिन्छ । यस्तो पिता कुनै शत्रुभन्दा कम नहुने चाणक्यले बताएका छन् ।

आफ्ना सन्तानलाई सही रुपमा शिक्षादीक्षा नदिलाउने पिता पनि शत्रु बराबर हो ।

यस्ती आमा शत्रु बराबर

कतिपय माता आफ्ना सबै बच्चाको लागि समान हुँदैनन् । उनीहरु आफ्नै कोखको बच्चालाई पनि भेदभाव गर्छन् । उनीहरु आफ्ना बच्चालाई सही हिसाबले हेरचाह गर्दैनन् । यस्तो महिला आफ्ना बच्चाका लागि घातक हुन्छ । पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध बनाउने माताले घरपरिवारलाई तहसनहस बनाउँछ । यस्ती आमा पनि शत्रु बराबर हुन्छन् भनिएको छ ।

यस्ता सन्तान शत्रु बराबर

खराब आमाबुवा मात्र सन्तानका लागि शत्रु हुँदैनन् । कतिपय सन्तान पनि आमाबुवाका लागि शत्रु बराबर हुन्छन् । ति सन्तातले आमाबुवालाई सन्तोष र सुख होइन, पीडा र कष्ट दिन्छन् । चाणक्यका अनुसार मूर्ख सन्तान कुनैपनि माता पिताका लागि शत्रुभन्दा कम हुँदैन । यदि कुनै परिवारमा यस्तो सन्तान जन्मिएमा उसले जीवनभर कष्ट दिन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा विशेष पूजा

प्रधानमन्त्री केपी ओलीको बुधबार गर्न लागिएको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा बिहान विशेष पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै रुद्राभिषेक सहितको विशेष पूजा गरेका हुन् ।

थापाका अनुसार, २७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको हो । यससँगै उनले सवा लाख दिप पनि प्रज्ज्वलन गरिएको जानकारी दिए । पशुपतिनाथमा प्रत्येक दिन ११ हजारदेखि २५ लाख सम्मका भिन्न भिन्न विशेष पूजा गर्ने चलन छ ।

यसका लागि बुधबार सबैभन्दा पहिलो विशेष पूजा नै प्रधानमन्त्रीको नाममा गरिएको उनको भनाइ छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल होस् र सुस्वास्थ्यको कामना गर्दै दिप प्रज्ज्वलन र कामना देशैभर गरिए पनि पशुपतिनाथ मन्दिरमा गरिएको भने यो पहिलो पूजा हो । प्रत्यारोपणसँगै त्यसपछिको स्वास्थ्य राम्रो होस् भनी विशेष पूजा गरेको कोषका कोषाध्यक्ष थापाको भनाइ छ ।

नेकपा पाल्पाको बैठक सम्पन्न, भष्ट्राचारी भए कसैलाई नछाड्ने
नेकपा प्रदेश नम्वर पाचका सह इन्चार्ज दलबहादुर रानाले गल्ती गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ । उहाँले गल्ती गर्नेहरु जोगाउन नहुने भन्दै गल्ती कमजोरी गर्नेहरु कानुनी कारबाही हुने बताउनुभयो । नेकपा पाल्पाको तेस्रो पूर्ण बैठक उद्घाटन गर्दै राना नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकजुट भई अघि बढ्ने बताउनुभयो ।
पार्टीलाई थप व्यवस्थित र बलियो बनाउनका लागि तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने नेता रानाले बताउनुभयो । नेकपा प्रदेश नम्वर ५ का अध्यक्ष ओनसरी घर्तीले देश र जनताको हितका वर्तमान सकारको काम गरिरहेकोले बताउनुभयो । उहाँले नेकपालाई बलियो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरु एकजुट भई अभियानमा लाग्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज सोम प्रसाद पाण्डेयले नेकपा नेतृत्वको सरकारले देश जनताका पक्ष राम्रा काम गर्दा प्रतिपक्ष दलहरु अतालिएको बताउनुभयो । नेकपा जिल्ल सह इन्चार्ज तुलाराम घर्तीले नेता तथा कार्यकर्ता इमान्दार भई पार्टीको काम लाग्नुपर्ने बताउनुभयो । जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षताका बसेको बैठकले चैत्र १ गते देखी तिन महिने घरदैलो अभियान गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला सल्लाहकार परिषद, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीमा थप सदस्यहरुको मनोनित गरेको प्रचारविभाग प्रमुख गुरास आत्रेयले जानकारी दिनुभयो ।
तासनेन होटल पौवामा बसेको बैठकमा नेकपा पाल्पाले तीन महिने अभियान सञ्चालन गर्न तयारी स्वरुप आउदो २९ गते पाल्पा क्षेत्र नम्बर १को क्षेत्रिय कमिटीको बैठक ताहुँमा र क्षेत्र नम्बर २ को बैठक तानसनेमा बस्ने निर्णय गरेको छ । बैठकले तिनै तहका सरकारबाट विनियोजित बजेटबाट भएका बिकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न सहयोग गर्ने र बिकासे योजनाहरुमा भष्टाचार हुन नदिन निगरानी गर्न कार्यकर्तालाई आग्रह गरेको छ । बैठकमा समसामयिक प्रस्ताव पास गर्दै कोरोना भाईरसबाट जनतालाई सुरक्षित राख्न सरकार र जिल्ला स्थित स्वास्थ केन्द्रलाई सावधानी तथा तयारीमा रहन आग्रह गरेको छ भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणमा सफलताको कामना गरेको छ । यसअघि नेकपा बनेपछि मासिक ५० रुपैया तोकीएको पार्टी सदस्यता शुल्क वा लेवी केन्द्रीय बैठकले मासिक २५ रुपैया कायम गरेकोले सोही अनुसार उठाउन र यस अघि उठीसकेको रकम अर्को वर्षको नविकरणमा खर्च गर्न जानकारी दिईएको थियो । जिल्ला सचिव गिर बहादुर बगालेले सञ्चालन गर्नुभएको बैठकमा कार्यालय सदस्य कमल पाण्डेयले स्वागत र कार्यालय सदस्य मथुरा ढकालले परिपत्र बाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com