About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
नेपालको बेस्टर्न र बङ्लादेशको असरक विजयी

Darpanpost शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । वेष्टन क्रिकेट क्लव बुटवलले एसियन च्यालेन्जर ट्रफिको बिहिबार भएको उद्घाटन खेलमा स्वबिज क्रिकेट क्लब काठमाडौँलाई ७२ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा टच हारेर व्याटिङ गर्न आएको वेष्टनले १२ ओवरको खेलमा तीन विकेट गुमाउँदै १३२ रन बनायो । उसकालागि प्रदिप ऐरीको सर्वाधिक ५३ रन, कुशल भुर्टेल १८ र कृष्ण कार्कीले १७ रन जोडे । स्वबिज क्रिकेट क्लब काठमाडौँका लागि शुभव सिंह ठकुरी, अनुप श्रेष्ठ र अंकित प्रताप सिंहले समान एक एक विकेट लिए । जवाफमा व्याटिङ गर्न आएको स्वबिज क्रिकेट क्लब काठमाडौँ पाँच विकेटको क्षेतीमा ५४ रनमै स्तब्ध र¥यो । सस्तैमा रोक्न वेष्टनका कृष्ण कार्की र बसन्त रेग्मीले दुई दुई विकेट तथा बिक्रम सोवले एक विकेट लिए ।

बिहिबारनै भएको अर्को खेलमा अर्शक स्पोर्टस् बंगलादेशले अल्फा वारियसर्् भारतलाई ९६ रनले पराजित गरेको छ । पहिले व्याटिङ्ग गरेको अर्शक स्पोर्टस्ले १२ ओभरमा दुई विकेट गुमाउँदै एक सय ६१ रन बनायो । बिस्पोटक व्याटिङ गरेको अर्शकबाट अस्कर कोकले नटआउट ७४ तथा महम्मद चौधरीले ५० रन बनाए । बलिङ्गमा अल्फा वारियर्स्का प्रतास गणसवी र अजय श्रिजास्तबले एक एक विकेट लिए । एक सय ६२को लक्ष्य पक्ष्याएको अल्फा वारियर्स्ले दश ओवर पाँच बलमा सबै विकेट गुमाउँदै ६५ रनमै समेटियो । अर्शक स्पोर्टस्का हमिद अमेदजाइले ६ विकेट, महम्मद चौधरीले २ तथा अली सामदले एक विकेट लिए । शुक्रबार पहिलो खेल अर्शक स्पोर्टस् बंगलादेश र सोबिज क्रिकेट क्लब काठमाडौँ तथा दोस्रो खेल गुज्रात रायन्स पाकिस्तान र राइनो स्पोटस् काडमाडौँ बीच हुने छ ।

मौसमका कारण खेल १२, १२ ओभरमा खेलाइएको हो । भैरहवा किङ्गस् प्रालिको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बंगलादेश, पाकिस्तान, भारत र नेपालका ८ वटा क्लवहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com