About Contact
३१ आषाढ २०७७, बुधबार
Close
बिज्ञापन
आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल प्रहरी मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

झापा । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयम्ले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने बताउनुभयो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले साइबर अपराध तथा सामाजिक सञ्जालको परिचय, कानूनी व्यवस्था, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका साथै साइबर अपराध हुनरगर्न नदिन अपनाउनु पर्ने तरिका लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै बीएण्डसी अस्पताल बिर्तामोडका डा। सन्दर्भ अधिकारीले आत्महत्या सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्नुका साथै आत्महत्या न्यूनीकरण के-कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा र समुदाय-प्रहरी साझेदारी पालिका समिति कचनकवल झापाको संयुक्त आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय संचारकर्मी, स्थानीय भद्रभलादमी, शिक्षक, अभिभावक र लक्ष्मीप्रसाद देवकोटा माबिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन
गुड्न थाले सार्वजनिक यातायात

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com