About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
नेपाल पुलिस स्कुल साँगाको ३६औं स्थापना दिवस सम्पन्न

Darpanpost सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काभ्रेपलाञ्चोक। नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीको प्रमुखआतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३६औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष ज्ञवालीले विद्यालयको वार्षिक म्यागजिन ‘दिपीका’ ३१औं अङकको लोकार्पण गर्नुभयो । साथै उहाँले विद्यालयका उत्कृष्ट खेलाडीहरु, उत्कृष्ट विद्यार्थीहरु, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकहरु तथा प्रहरी कर्मचारीहरुलाई नगद, शील्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको समेत उहाँले अवलोकन गर्नुभयो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष ज्ञवालीले पुलिस स्कुलले नियमित पठनपाठन साथै अतिरिक्त क्रियाकलाप र खेलकुद मार्फत चरित्रवान नागरिक निर्माणमा योगदान पुर्‍याएको चर्चा गर्दै यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई बहुआयामिक एवं असल नागरिक बन्न प्रेरणा मिल्ने बताउनुभयो । शिक्षा बालबालिकाको अधिकार भएकोले अभिभावकहरु आफ्ना सन्ततीहरुलाई राम्रो शिक्षा दिनेबारे चिन्तित हुनुपर्ने उल्लेख गर्दै शिक्षाको साथै अनुशासन, सीप र संस्कार पनि बालबालिकालाई सिकाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।
स्कुलका प्रिन्सीपल संजिव घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।सोही अवसरमा स्काउट टीम लगायतका विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जीमन्यास्टिक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com