About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सार्वजनिक कार्यक्रम सम्पन्न

 प्रिया अधिकारी सोमबार, माघ २७, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । रुपन्देहीको सुन्दर नगरी कञ्चन गाउँपालिकामा आज स्पीन्जर च्याउ ब्लक संचालक समितिको आयोजनामा आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्पीन्जर च्याउ ब्लक सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।

कञ्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु मगरले बोल्दै थोरै लगानी र सानो छाप्रोबाट सुरु भएको यो स्पीन्जर च्याउ खेती अहिले ब्लकको रूपमा आइपुग्नु कञ्चन बासिहरुका लागी खुशीको कुरा भएको बताउनु भयो। अहिले ब्लकको रुपमा रहेको यो च्याउ अब आगामी दिनमा जोनको रुपमा स्थापित भइ कञ्चन गाउँपालिकालाइ स्मार्ट कृषिको रुपमा चिनाउन सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो। साथै उहाँले आफुले सक्ने र गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरामा प्रतिबद्धता जाहेर गर्नु भयो।

त्यसैगरी विशिष्ट अतिथि कञ्चन गाउँपालिका वडा १ का वडा अध्यक्ष हरिनारायण थारुले जुन जोस र जागरका साथ आज सम्म च्याउ खेती गर्दै आउनु भएको त्यो उल्लेखनीय काम रहेको र च्याउ फर्मको लागी वडाबाट पाउनु पर्ने र आफुले सक्ने सहयोग गर्ने साथै सिचाइको व्यवस्था समेत उपलब्ध गराइ दिने कुराको जानकारी दिनु भयो।

स्पीन्जर च्याउ ब्लक सञ्चाल्क समितिका संयोजक गंगाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञानकेन्द्र नवलपरासीकि प्रमुख मनिषा पौडेल ,कञ्चन गाउँपालिकाका वडा१ का वडा सदस्यहरु डिलाराम थापा र खगेश्वर भुसाल,जग्दिश पौडेल,शालिकराम पौडेल ,कृषि सहकारी नमस्ते बचतका अध्यक्ष मन बहादुर पुन,तुल्सिराम पौडेल , सम्पुर्ण सहकारीको प्रतिनिधित्व गर्दै राधिका चौधरी ,कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेल लगायतले आ-आफ्नो मन्तव्य सहित शुभकामना दिएका थिए। भने दुर्गा पौडेलको स्वागत मन्तव्य र राजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com