About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङ एयरपोर्ट विस्तार नियमित बिस्तार हुन्छ पर्यटन मन्त्री : भट्टराई

सागर थापा शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

दाङ । संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए ।

एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउन महोत्सव स्थलमै साढे १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र यसअघि विभिन्न चरणमा विभिन्न दलका नेता तथा मन्त्रीहरुलाई बुझाइएका ज्ञापन पत्रहरुपनि बुझाइएको थियो । साथमा हालसम्म एयरपोर्टको विस्तार र इन्धनडिपो स्थापनाको लागि उद्योग वाणिज्य संघले बर्षौंदेखि सरकार प्रमुख र उच्च नेतृत्वालई गर्दैै आएका भेटघाट तथा प्रयासहरुको बारेमा तस्विरसहतिको १०० फिट लामो व्यानर समेत मन्त्रीलाई महोत्वसमा प्रर्दशन गरिएको थियो ।

टरिगाउँ एयरपोर्टको निरक्षणमा पुगेका पर्यटन मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उक्त यरपोर्ट भौगौलिक र वातावरणिय हिसावले नेपालकै उत्कृष्ट एयरपोर्ट भएपनि राज्यले ठग्दै आएको हुँदा तत्काल विस्तार गर्न आवश्यक रहेको बताएका थिए । उनले टरिगाउँ एयरपोर्टलाई पाईलट प्रशिक्षण गर्ने एयरपोर्टको रुपमा विकाश गर्न सकिने बताए ।

२०११ सालमा स्थापना भएको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग जम्मा ७ सय ५० मिटरमा मात्रै कालोपत्रे छ । हाल दैनिक दुई वटा उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा १८ सिटे साना टुईन अटर विमान मात्रै चल्दै आएका छन् । त्यो भन्दा ठूला विमान आउन सक्दैनन् ।

इन्धन डिपो समेत नभएको हुँदा इन्धनपनि बोकेर ल्याउनु पर्ने बाध्यताले जम्मा १४÷१५ वटा यात्रु मात्रै एक पटकमा यात्रा गर्न पाउँछन् । इन्धन राखेको सिटको पैंशापनि यात्रुवाटै असुल्दै आइएको छ । त्यसले गर्दा दाङ काठमान्डौंको भाडा झन्डै ७ हजार रुपैंया पर्ने गरेको छ । जो नेपालगञ्ज भन्दा निकै महंगो हो ।

महोत्सव सुरु हुनुभन्ना पहिला निकालिएको शोभा यात्रामा सहभागि विद्यार्थीहरुले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले हामी कहिले ठूला विमानमा चढ्न पाउँछौं, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ भन्ने खालका नारा लेखेका प्लेकार्ड बोकेको थिए ।

सार्वजनिक रुपमा यसरी एरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो ।

तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउदेश्य सभाहलको भुक्तानी हुन बाँकी रकमको जोहो गर्न महोत्सव लगाइएको हो । तर संघका पूर्व अध्यक्ष विमल रिजालले आवश्यक परे महोत्सव वाट संकलिन सम्पूर्ण रकम विमानको धावन मार्ग विस्तारमा लागाउन सकिने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई तुलसीपुरका मेयर घनश्याम पाण्डे लगाएले सम्वोधन गरेका थिए । महोत्सव २० गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com