About Contact
०७ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
पर्यटन तथा धार्मिक स्थल लेखपोखरालाई संरक्षण गर्नु सबैको दायित्व : सचीव कार्की 

मनोज कार्की  बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकावडा न ५ छापहिलेको छापमा अबस्थित लेखपोखरा भएको माघेसक्रान्ती मेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर कार्कीले मालिका गाउँपालिकाको लेखपोखरा पर्यटन तथा धार्मिक स्थल भएकाले यसको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।

 

नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपामा लिएको र यस अबशरमा लेखपोखरालाई देश बिदेशमा चिनाउन सकेमा लेखपोखरा मन्दिर र जिल्लाले नै स्वदेशी तथा बिदेशी मुद्रा आर्जन गर्ने सकिने भएकाले यसको प्रचार प्रसारमा सबैको ध्यान जानू पर्ने नेकपाका सचीव तथा कार्यक्रमका प्रमुख अतिथि कार्किले बताए ।

जिल्लामै पर्यटन तथा धार्मिक महत्व बोकेको लेखपोखरामा राजनीति नगरी लेखपोखरा मन्दिरको बिकास गर्नेमा आफू लगाएत गाउँपालिका बासि सबै एक्यवद्धता भएर लाग्नु पर्ने पनि सचीव कार्किले बताए ।

 

लेखपोखरा माघेसक्रान्ती मेला ब्याबस्थापन समितिको आयोजनामा पौष २९ गते देखि माघ १ गते सम्म सन्चालन गरिएको कार्यक्रममाले लेखपोखरा चिनाउन ठूलो मदत पुगेको भन्दै मन्दिर ब्याबस्थापन समितीलाई विशेष धन्यवाद समेत कार्किले दिएका थिए ।

 

कार्यक्रमको दोस्रो अर्थात् अन्तिम दिन लेकपोखरामा बृहत सास्कृतिक कार्यकम भएको छ । कार्यक्रममा लोकदोहोरी गायक श्रीस देबकोटा ,हरिमाया रायमाझी , लक्ष्मण खडका , अनिल खत्री , हास्य कलाकार गोबिन्द बस्नेत लगाएत स्थानीय कलाकारको बेजोड पस्तुती रहेको थियो । कार्यक्रममा दर्शकहरुले भरपुर आनन्द लिएको पाइएको छ ।

 

बिगतका बर्ष भन्दा यस बर्ष श्रदालु भक्तजन तथा दर्शकको निकै घुइँचो लागेको लेकपोखरा मेला मन्दिर ब्याबस्थापन समिती अध्यक्ष रेखा कुमार जिसिले जानाकारी दिए । बिदेशी तथा स्वदेशी दाजुभाइ तथा विभिन्न संघसस्थाको सहयोगमा निर्माण गरिएका मन्दिरमा श्रदालु भक्तजनको घुइँचो देख्दा निकै खुसी लागेको मेला ब्याबस्थापन समिती अध्यक्ष जिसिले बताए ।

 

मेलाको अबलोकन गर्नको लागि इस्मा, अर्जै , अमरपुर , घमिर , छापहिले, अर्खाबाङ , मर्भुङ लगाएतका वडाबाट दर्शकहरु बाक्लो उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक पक्राउ
कपिलवस्तुमा खोलाले जीप बगाउँदा एक जनाको मृत्यु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com