रमेश भुसाल ।
प्रादेशिक औद्योगीक व्यापार मेलाको अन्तीम तयारी गरिरहेको उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रममा विच सुझाव संकलन तथा अन्रकृया कार्यक्रम गरेको छ । सो अवसरमा अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले मेलातयारीको कार्यप्रगति पस्तुत गर्दै तयारी अन्तीम चरणमा पुगेको बताउनुभयो । “कृषि पर्यटन, उद्योग र व्यापार, राष्ट्र निर्माणको वलियो आधार” भन्ने मुल नाराका साथ यहि मंशिर ५ गते देखि १५ गते सम्म संचालन हुने प्रादेशिक औद्योगीक व्यापार मेलामा हस्तकला, अटोमोवाइल, दैनिक उपभोग्य, फर्निचर, कृषि , अफिस,वैक तथा सहकारी ,होटल गारमेन्ट लागएत अन्य व्यावसायहरुको स्टलहरु रहेको छ । औद्योगीक व्यापार मेलाको आर्कषकहरुमा डाइनोसर पार्क, जनजातिका घरहरु, डान्स आइडल, कृषि पर्दशर्नी, विज्ञान पर्दशनी लगाएत रहेका छन् । त्यस्तै स्थानीय पर्यटन पर्वद्धनका लागी बाबा बर्दगोरिया, महलपोखरी , देवदह ताल तरगौली र वैरागनाथ मन्दीरमा भ्रमण व्यावस्था समेत मिलाईको छ ।
मेलाको मुख्य प्रवेश द्धार प्रेमको प्रतिकको रुपमा रहेको रानीमहल को स्वारुप रहने छ भने मेलामा जनजातिहरुका विभिन्न झाकिहरुको समेत प्रस्तुत रहनेछन् । मेलामा मनोरञ्जनको लागी वालउद्यान, साथै पिङहरुको व्यावस्था मिलाईएको छ भने चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको समेत वेजोड प्रस्तुती रहने छ । त्यस्तै उपमेयर खुल्ला भलिवल प्रतियोगीत समेत अकर्षकको रुपमा रहेने जानकारी गराउदै तयारी अन्तीम चरणमा पुगेको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो ।
सुझाव संकलन तथा अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले सुनवलमा संचालन हुने मेला सुनवलको परिचय हुने बताउदै मलालाई स्थानिय उत्पादनहरुको पिलेटर्फमको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । त्यस्तै नेकपा का प्रदेश कमिटि सदस्य सुर्य न्यौपानेले मेलालाई सफल वनाउनका लागी सुनवल नगरपालिक भित्रका विभिन्न संघ सस्थाहरुलाई व्यवस्थीत रुपमा परिचालन गर्नु पर्ने धारणा राख्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा सुनवल वडा नम्वर १ का वडाध्यक्ष विन वहादुर वुडाथोकि, वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेन, वडा नम्वर ११ का वडाध्यक्ष देविलाल डुम्रे, वडा नम्वर १२ का अध्यक्ष याम लाल पण्डे, कार्यपानिलका सदस्य शान्ता भण्डारी , रमा ढकाल, दशरथ कुमार्ल, इलाका प्रहरी कार्यलयका निरिक्षक वलराम गिरि लागएतले आ आफ्ना सल्लाहा सुझावहरु राख्दै मेलालाई सफल बनाउनका निम्ती पुर्ण सहयोग रहने बताउनुभयो ।
सुनवल नगरपालिका भित्रका सवै जनप्रतिनिधि,संघसस्था लागाएत सवै सरोकार निकायहरु संघ छलफल भैसकेको र मेलालाई सफल बनाउन सवैको पुर्ण सहयोगको प्रतिवद्धा रहेकाले मेला भब्य र सब्य रहनेमा अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवल ढुक्क रहेको वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो ।
त्यसै गरि मेलाको पहिलो दिन प्रभात फेरीमा सहभागि हुनेहरुको लागी दोस्रो दिन निशुल्क प्रवेशको लागी पासको व्यावस्था समेत गरेको अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ । यहि मंशिर ५ गते संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले उद्घाटन गर्नुहुने मेलामा उपस्थीत भै मेलालाई भब्य र सब्य गराउनका निम्ती सवैमा अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजप्रसाद भण्डारीले आग्रह गर्नुभएको छ ।