गुल्मी ।ईस्मा गाउँपालिका – ३ मा बस्ने गोकर्ण नेपाली ले बनाएको रमेश प्रसाईंको फोटो एति बेला सामाजिक सन्जाल मा निकै नै भाईरल बनेको छ । आर्थिक अभावले कृषि क्रान्ति गर्न नपाउदाको शोख लाई शक्ति मा बदली आफ्नो हातले फोटो बनाउन सुरु गरेका ईस्मा दमाचौर गाँउपालिका तीनका गोकर्ण नेपाली गुल्मिकै पछिल्लो समय मा उत्कृष्ट चित्रकार का रुपमा चिनिएका छन । भर्खरै एक्काईस बर्षमा पुगेका गोकर्ण नेपाली चित्रकार कै माध्यमबाट सामाजिक सन्जाल र सोसल मिडियामा निकै नै भाईरल बनेका छन ।
पछिल्लो समयमा उनले बनाएको रमेश प्रसाईको फोटो सामाजिक संजाल मा एकदैमै रंगीचंगी तताउनु को साथै उच्च नाम र चर्चित बनाएको छ । हजारौं पेज र मिडिया हरुले उनले बनाएका फोटो हरुलाई साथ दिनु को साथै साभार गरेका छन । (SEE) परिक्षा २०७२ सालमा पास गरेका गोकर्ण नेपाली कृषिमा क्रान्ति गरि धेरै युवाहरुलाई सोरजकार बनाउने आँट र उध्येसे लिएका गोकर्ण नेपाली कृषि तथा पसु सन्काय पढनको लागि बुटवल आएका गोकर्ण नेपाली हरेक समस्याका बावजुद भर्ना भएको कलेज केही महिना मै छाडन बा’ध्य भएका थिए ।
असयको सिकार बनेका गोकर्ण नेपाली अन्तत: कृषि तथा पशु बिचसँग प्रामर्स लिई थप अध्यान को लागि देश छाडन बा’ध्य भएका थिए । बिदेशमा रहँदा पनि आफुले स्कुलमा चित्र बनाउदा पाएको प्रशंसा सम्झेर पुन चित्र बनाउन सुरु गरेका गोकर्ण अहिलेसम्म चालीस भन्दा बढीको स्केच बनाएका छन ।जसमध्ये नेपाल का चर्चित प्रत्रकार रबि लामिछाने देखी समाज मा सेवा गर्दै आएका समाजसेबि ईशा गुरुङ, एच बि ताम्राकार, ज्वाला सँग्रौला, अर्जुन भुसाल, र गाएक अर्जुन कुबर को समेत गोकर्ण ले स्केच कोरेका छन ।