(कृष्ण चौधरी)
बाँकेको राप्तीसोनारी २ मा यात्रुबहाक बस दुर्घटनाग्रस्त हुँदा । दाङको तुल्सीपुरबाट नेपालगन्जका लागि छुटेको उक्त बस बाँकेको कुशुम मोडमा दुर्घटना हुँदा
ना ५ ख ६४४९ नम्बरको बसका चालकले कुशुम मोड काट्न नसकेपछि गाडी ८० मिटर तल खसेको थियो । यात्रुले भरिएको बस सडकदेखी ८० मिटर तल खसेपनि मानविय क्षती भने हुन पाएन । दुर्घटनामा बसकै सहचालक भिमबहादुर बस्नेत गम्भीर घाईते भएपनि अन्य यात्रुहरु भने सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा तुल्सीपुर नगरपालिका १४ का ४० वर्षीया बिर बहादुर बस्नेत, दाङ तुल्सीपुर नगरपालिका ६ की ३३ वर्षिया आसा बस्नेत, दाङ तुल्सीपुर नगरपालिका ६ की ३७ वर्षीया ललिता नेपाली, दाङ तुल्सीपुर नगरपालिका ६ का ३५ वर्षका रोम नेपाली, प्यूठान जिल्ला गहुँमुखी नगरपालिका ६ की ३६ वर्षकी तुलाराम पुन, रुकुमपश्चिम चौरजाहारी नगरपालिकाका १३ का १४ वर्षका दल बहादुर मल्ल र रुकुम पश्चिम चौरजाहारी नगरपालिकाका १३ का ५१ वर्षका लोक बहादुर वली घाईते भएका छन । उनिहरु सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । केही घाईते सामान्य उपचार पछि घर फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।