बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने कुसुम मोडमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ ।दाङको तुल्सिपुरबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको बस सोमबार बिहान उक्त मोडबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी दर्जन यात्रु घाईते भएका छन । दुर्घटनामा घाईते मध्य दाङ तुल्सिपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका वडा नम्बर ११ कि जानकी पुन र गाडीका सह चालक राप्तिसोनारी वडा नम्बर ३ का भिम बहादुर बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।घाईतेहरुको अहिले उद्दार कार्य जारी रहेको छ । – फाइल तस्बिर