About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
२७ सय सै निकमाथि का रबाही, स लामी न गर्ने पनि का रबाहीमा

Darpanpost सोमबार, मंसिर ०२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्या न मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी,ठगी , ला:गूऔ षध कारोबारमा मुछिएका, हातह:तियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो।

सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलार्इृ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

यस अवधिमा विभिन्न पदमा रहेका २ सय २२ जनामाथि कारबाहीस्वरूप घटुवा भएको छ । घटुवामा पर्नेमा उच्च तहका नौ जना सैनिक अधिकृत छन् भने पदिक ६ जना र अन्य दर्जाका २ सय ७ जना छन् ।

यसैगरी, ७ सय ५३ जनाको यस बीचमा बढुवा रोक्का भएको छ । बढुवा रोक्का हुनेमा २६ जना उच्च तहका तथा ८ पदिक र ७ सय १९ जना अन्य दर्जाका सैनिक छन् ।
यस्तै, ६ वर्षको अवधिमा १ हजार ७ सय २९ जना सैनिक भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाहीमा परेका छन । सो शीर्षकमा कारबाहीमा पर्नेमा उच्च तहका ३३, पदिक १८ र १ हजार ५ सय ७८ जना अन्य दर्जामा कार्यरत सैनिक छन् ।

यस बीचमै सरकारी सेवाका लागि ११ जना अन्य दर्जाका सैनिक अयोग्य ठहरिएका छन् । अयोग्य ठहरिएर कारबाहीमा परेकाहरूले भविष्यमा कुनै पनि सरकारी सेवामा प्रवेश पाउनेछैनन् ।

सैनिक मुख्यालका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ ।
आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको हो । उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत गराइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com