Breaking News

Online Radio

दा*इजोमा २ लाख न*दिँदा नेपाली चे*लीको भारतमा ह*त्या !

प्रकाशित मिति : २०७६-आश्विन-२७ ०७:१० || Simpal Suzan

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।

उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो। शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए। शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ। पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए।

तस्वीर : अन्नपूर्ण पाेस्ट दैनिक
रञ्जनाको गत फागुनमा भारत अररिया ताकियाका २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो। विवाहमा माइतीले थोरै दाइजो दिएको भन्दै सोही समय देखी बहरदार परिवारले छोरीलाई मानसिक र शारीरिक यातना दिनेगरेको रञ्जनाका बुबा मनिकचन्द सहनीले बताए। ‘छोरीलाई विवाहपछि दाइजोको कुरामा धेरै यातना दिएछन्, घरमा रुदै सुनाउथी, अहिले हत्या गरेर फालेछन्,’ सहनीले भने।

छोरीलाई दैनिक यातना दिएपछि माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएको सहनीले बताए। ‘हामीले केही दिन अघि मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, फेरि छोरीका सासु ससुरा र श्रीमानले दुई लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो,’ उनले भने।

जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com