About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
के हामी नेपाली है*नौ र? के हा*म्रो प*हिचान नेपाली हैन र ? के हामी नेपालको ध*रातल माथि ज*न्मेका हैनौ ? – आशिष लिम्बू

Darpanpost बिहिबार, आश्विन २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

आशिष लिम्बू धरान सुनसर/ 

म एक श्रमिक हुँ!
झन्डै उमेरले तिन दशक पार गर्नु ऑटिसक्यो तर हातको बुढि औलाको नंगमा आज सम्म त्यो राजनैतिक पार्टीलाइ भोट दिदॉ लगाइने कालो रंग ले पोतिएको छैन।न त अवसर नै मिलेको छ।
समयनै,कहॉ छर।हामीलाइ कि आफ्नो देशमा चुनाव हुँदा।समयको तालमेल मिलाएर सात समुद्र पारिबाट झट्टै,आफ्नै मातृभुमिमा गएर कुनै पार्टीलाइ मत को स्ट्याम्प ठोक्ने।
हजुर, “म एक नेपाली श्रमिक हुँ”देशले बेचिएको।सरकारले हेपिएको।आफ्नै देशमा बेरोज़गार ले चेपिएको,र दुखले रेपिएको।
म यो भन्नु चाहि रहेको छु कि,म न कुनैपनी राजनैतिक पार्टीको समर्थनमा बोल्ने ब्यक्ति परे,न त म कुनै राजनैतिक पार्टीहरुलाइ गहिरिएर बिश्लेसण गर्ने एक बिश्लेषक नै हुँ न त बिज्ञ।न त म कुनै धर्म,जात बर्ग भाषा संस्कृतिको बारेमा खण्डन गर्ने ब्यक्ति नै हुँ।तर आफ्नो मातृभूमिमा भएको अनेकौ घटनाहरुलाइ,राजनैतिक पार्टीहरुको बादबिबाद,सरकारको प्रगति,बिसंगती,संघियताको सबालमा उठाइएका ति अनगिन्ति सबाल जवाफहरु,जनजाती,लिंग,बर्ग,भाषा,धर्म,प्रदेशको नामाकरणमा हुने अनेकौ अभिव्यक्ति बादबिबाद,जातियताको कुरासम्म अझैपनी अहिले कहिकतै आइरहेका छन्।यि सबै कुराहरु सामाजिक संजालमा छरपस्ट ऑखा अगाडी नाचिरहने हुँदा।परदेशबाट यस्तै गतिविधिहरु नियाल्ने गर्या छु बेला मौका समयले भ्याए सम्म!
तर अब त लाग्न थाल्यो। हाम्रो देशलाइ यो बाह्रखरिको “ब”ले “बदनाम”गर्या होकि,सरकारमा बसेका “बदमास्” मन्त्रीहरुले हो,या त राजनैतिक पार्टीका “बरिष्ट” नेताहरुले।
तर गर्न चै सबै सबै “बेगारी” “बेरोज़गारी” जनताहरु पनि अछुतो चै छैनन् देशलाइ “बर्बाद “ गर्नलाइ!
हेर्नुस है अब,
“बक्तब्य” सरकारको “बढाइ”चढाइ गरेर समाचारमा बाहिर पट्टीको फ्रन्ट पेजमा “बन्दैछ” देश,
कसैको नजर हत्तपत्त नपुग्ने पेजको एउटा कुनामा चै
समाजमा “बालिका बलात्कृत”,मिडिया कर्मी ज्युहरुको पनी “बडो” गजबको काइदा छ अनि त्यहि माथि फाइदा को त कुरै नगरौ।यता अर्कोतिर
“बजार बजार”चोकमा-“बेरोज़गारी”जनताहरु, “बरिष्ट” नेताज्युहरुको भाषणमा आज नेपाल “बन्द”।अब बन्द भयो,देश तोड़फोड़ भयो “बिनाकारण”।
जन धनको क्षतिको त के कुरा,त्यहि बन्दमा “बलिदान”दिनेको केही ऑकलन नै छैन। न त द्वंदकालमा लडेका ति निर्दोष “बहादुरी” हरुको।तर जे होस् “ब”
ले हेर्नुस देशमा”बबाल”नै गर्या छ। बर्बाद संगसंगै।
यता अब ब” बाट” बड़ा”दशैं लाग्यो। “बर्षौ” बाट मनाउदै आएको पर्व लाइ अब “ब्राह्मण”को चाड हो।भनेर मंगोलहरु तातिएर कालो टिका लगाएर।यो त “बहिस्कार”गर्नु पर्छ भन्नु थाले।बढो गजब लाग्यो।यो हाम्रो देश बहुधार्मिक,बहुभाषिक,बहुसांस्कृतिकले धनि देशमा किन आज यस्तो खैलाबैला। के हामीले हाम्रै संस्कृति प्रति बन्चरो हानेर तुहाउनु लागेका त छैनौ एकचोटी गहन सोच लिएर गहिरिएर सोच्ने कि?
आखिर अन्त्यमा चोट त हामी नेपालीलाइनै लाग्ने होनि।हैन र?
धेरै बोल्न चाहिन यसबारे तर समग्रमा भन्नुपर्दा
देश “बनाउने” हैन “बिगार्न”मा सब अघि “बढिराखेका”छन्।”बर्णन”गरेर गरि साध्य छैन।तर यि सब के का लागि??
के हामी नेपाली हैनौ र?
के हाम्रो पहिचान नेपाली हैन र?
के हामी नेपालको धरातल माथि जन्मेका हैनौ र?
प्रश्न आफैलाइ तेर्साउनु भने जवाफ आफैसंग छ!
हो म नेपाली हो।मेरो पहिचान नेपाली हो।नेपालनै मेरो जन्मस्थान हो।
यि सब कुराहरु जान्दा जान्दै पनी बुज पचाएर लाचार भएका छन्।दृष्टि भएर पनी दृष्टिबिहिन हुनेहरुको संख्या बढ्दो क्रममा छ।

“खै चाड पर्वहरु सब,अब रंगबिहीन उमंगबिहिन भए”
“देशले मुहार फेर्ला भन्ने,चाहना सब ढंगबिहीन भए”

तर म त एक श्रमिक न परे,
हामी श्रमिकहरुको एउटै एउटै चाहना हुन्छ।देशले धेरै प्रगति गरोस्,सुन्दर मुहार फेरियोस्,बुद्दको देश भनेर गर्बका साथ भन्नु सकुँ,सगरमाथा जस्तो झुक्दै नझुक्ने गरि शिर ठाडो पारेर हिड्नु सकुँ।
धर्म भाषा संस्कृतिको जगेर्ना होस्।हामी नेपाली सबै एकअर्कामा माया प्रेम सद्भाव बाड्ने बाताबरण सिर्जना होस्।गॉउबस्तिदेखी लिएर,बजार शहरसम्म एउटा शान्ति सुरक्षाको आभाष होस्।सबै परिबारजनहरु को आगमन सधै आशपास होस्।गॉस,बास र कपास को जोहो गर्न सक्ने रोजगारीको अबसर आफ्नै देशको माटोमा खास् होस्।यस्तै यस्तै चाहाना हरु मनमा लिइ हामी
बस्”आफै “बरबराउदै”यो खाडीमा बहने त्यो रापसरि सु्क्का मरुभुमिको हावाले सुकाएको घॉटि,नुनिलो पानीको सहायताले प्यास मेटाउदै देश “बाहिर”परदेशमा “बस्न”बाध्य छौ।तर हामी नेपाली देश बाहिर जहॉ रहेपनी देशको माया,स्वाभिमान,हाम्रो धर्म,भाषा,संस्कृति र परम्परा हरुलाइ मनमै राखेर गर्बका साथै संधै भन्ने गर्छौ।
तिमी को हौ थाहा भएन,
म चै नेपाली।

#बिजया दशमी साथै आउदै गरेको तिहारको उपलक्ष्यमा यहॉहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।-परदेशबाट।

 

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com