Breaking News

Online Radio

काठमाडौं । राष्ट्रीय बाल अधिकार संरक्षण आयोग ९एनसीपीसीआर० ले अमेरिकी कम्पनी जनसन एण्ड जनसनको बेबी स्याम्पुको नमुना परिक्षण तत्काल गर्न निर्देशन दिएको छ ।

आयोगले स्याम्पुमा हानिकारक रसायन भएको खुल्न आएको जनाएको छ । अर्को तिर कम्पनीले आफ्नो उत्पादमा कुनै प्रकारको रसायन नभएको जनाएको छ । कम्पनीका अनुसार राजस्थानको एक सरकारी प्रयोगशालामा गल्तीवश यस्तो निष्कर्ष निक्लेको हो ।

कम्पनीले भनेको छ, ‘स्याम्पुमा हानिकारक रसायन भएको दावा गरिएको छ तर उत्पादनमा यस्तो कुनै घातक तत्व मिसाइएको छैन ।’ यस निष्कर्षका सम्बन्धमा एनसीपीसीआरमा मुद्धा दायर भएको छ ।

यस घटनालाई गम्भीर रुपमा लिदैं एनसीपीसीआरले जनसन एण्ड जनसन बेबी स्याम्पु र पाउडरको नमुना परीक्षण गर्नको लागि भनेको थियो । अब आयोगले कम्पनीको गणत्मक अनुरूप नमिलेको स्याम्पुको नमुना फिर्ता लिन भनेको छ ।

आयोगले गत बिहिबार जारी गरेको एक पत्रमा यस्तो भनेको थियो । यस कम्पनीको उत्पादन बजारमा पाइने भएका हुनाले सर्वसाधारण जनताले प्रयोग गर्न सक्ने सम्भावना भएको हुँदा जनचेतनामुलक कार्यक्रम चदाउनुपर्ने जनाएको थियो ।

आयोगले पत्रपत्रिका तथा अनलाईनमा सुचना प्रकाशित गर्नुपर्ने बताएको थियो । आयोगले यस प्रकारका उत्पादन प्रयोग नगर्न भन्दै अनुरोध गरेको छ । उता कम्पनीले आफ्नो उत्पादनमा कुनैपनी प्रकारको रसायन नमिसाएको भन्दै गलत प्रचार नगर्न अनुरोध गरेको छ ।

आयोगले अहिले पनि नमुना परिक्षण गर्ने काम भइरहेको जानकारी दिएको छ । यस कम्पनीका उत्पादन नेपाली बजारमा पनि उत्पादन भएको हुनाले सावधान हुनुपर्ने जनाइएको छ । प्रयोगशालाले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

आफ्नो घाटा हेरेर मात्र कुनै रसायन नमिसाइएको कम्पनीले दावी गरेको हो । तर उक्त उत्पादनमा छुदा मात्रपनि क्यान्सर हुने रसायन भेटिएको छ । यो न लुकाईयोस् भन्दै आयोगलाई पत्र लेखेको थियो ।

आयोगले पत्र पाएपछि तत्कालै एक्सन लिएको छ । र तत्काल प्रयोग नगर्न नगराउन निर्देशन दिएको छ ।

बजारमा पुगेका उत्पादन प्रयोग रोक्नपनि सार्वजनिक सूचना सर्वत्र फैलाएर रोक्न आयोगले सरकारलाई निर्देशन दिएको छ । साथै नुमना लिएर फेरी दोहोरो परीक्षण गर्नपनि भनेको छ । सचेतनाका लागि यो सामाग्री सेयर गरिदिनुहोला । Original News Source Link

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com