About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
द’शैंमा बि’रामीको घा’उमा म’ल्हम लगाउन ब्य’स्त छन् स्वा’स्थ्यकर्मी

Darpanpost मंगलबार, आश्विन २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

रुपन्देही । दशैं वर्षमा एकपटक आउने नेपालीको महान् चाड हो । हरेक नेपाली परिवार र आफन्तबीच हर्षोल्लासका साथ दशैं मनाउन चाहन्छन् । विदेशमा रहेका पनि दशैं मनाउन नेपाल फर्कन्छन् । तर, सबैको भाग्यमा यो हुँदैन । अझ, पत्रकार, प्रहरी, चिकित्सक र नर्सले भने कमै मात्रामा दशैं परिवारसँग बिताउने गर्दछन् । तर, पनि ‘सेवा नै धर्म हो’ भन्ने मुलभावका साथ दशैंमा पनि उनीहरु निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहन्छन् ।

दशैंमा रमाइलो गरौं भन्ने सबैको चाहना नै हुन्छ । तर, पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी पेसा यस्तो हो, कि जुन व्यक्तिगत स्वार्थ भन्दा पनि जागिर र जिम्मेवारीको बढी ख्याल गर्नुपर्छ । सायद त्यसैले होला मनले घर र परिवारसँगको मिलन सम्झिए पनि आफूलाई सम्हाल्दै धेरै आफ्नो धर्म निभाइरहेका छन् ।

अझ, स्वास्थ्यकर्मीहरु त दशैंमा परिवार भन्दा बाहिर रहेपनि आफ्ना कारणले धेरै परिवारको अनुहारमा खुसी देख्न पाउँदा नै सन्तोष मिल्ने गरेको भन्दै आफैलाई सान्त्वना पनि दिने गर्दछन् । मन दुःखी बनाएर घरबाट हिँडे पनि अस्पताल आएपछि उमंग थपिने चिकित्सक आफै स्वीकार्छन् ।

बिरामीका बीचमा बसेर उनीहरुको घाउमा मल्हम लगाउन पाउँदा स्वास्थ्यकर्मी पनि खुसी नै हुनेगर्दछन् । तर, परिवारको याद नआउने भने कदापि होइन । स्वास्थ्यका कारण परिवारसँग नभई अस्पतालमा दिन बिताइरहनुको पीडा बिरामीसँग पनि छ । तर, आफ्नो घर परिवार नभनि रातदिन चाडपर्वमा पनि सेवामा किन्चित विचलित नभई स्वास्थ्यकर्मीले दिइरहेको सेवाप्रति बिरामी र बिरामीका आफन्त पनि दंग छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com