About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
हेटौंडामा आमालाई क*रेन्ट लागेर ढ*लेपछि ब*चाउन गएका छोराको पनि नि*धन, दशैको मुखमा आमा छोराको नि*धनले परिवार सो*कमा डु*ब्यो

Darpanpost मंगलबार, आश्विन २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा करेन्ट लागेर दुईको निधन भएको छ । दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुहारी रेनुका पराजुली भने घाइते भएको र थप उपचारका लागि चितवन पठाइएको जनाएको छ ।

केही दिनदेखि नै बिजुलीको नां गो तार चुँडिएको जानकारी गराउँदा पनि विद्युत प्रधिकरणले वेवास्ता गरेको कारण अनाहकमा दुईको ज्या न गएको स्थानीयहरुले आरोप लगाएका छन् । प्रधिकरणले समयमा नै मर्मत नगर्दा २ जनाको ज्या न गएकोले प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने र कर्मचारीलाई कानूनी कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

घटना स्थल सदरमुकाम हेटौंडाबाट करीब ५ किलोमिटरको दुरीमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com