About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
हु*नेखानेको भन्दा पनि हुँदा खानेको जी*वनमा प*रिवर्तन दे*खिएको छ _ प्रधानमन्त्री ओली

Darpanpost सोमबार, आश्विन २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं। ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए।प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे।

वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको बताए।प्रधानमन्त्री ओलीले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ।”कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैँमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन्। यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए। यस वर्ष भने उनले आफ्ने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरेका हुन्।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com