Breaking News

Online Radio

 

सप्तरी । दैवपनि कति निष्ठुरी । जीवनभर बिझ्ने काँढासरी घटना दोहोर्याउँछ । शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गमा मिनी बस दुर्घटनाको घटनाले यस्तै एउटा दुखद घटना बनायो । दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए ।

मृत्यू भएका तीन जनामध्ये एक थिइन्, राजविराज ७ निवासी २३ बर्षीया लक्ष्मी देव । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटना भएको थियो । दशैं मनाउन घरतर्फ आइरहेकी लक्ष्मीको दुर्घटनामा ज्यान गएपछि परिवार शोकाकुल छन् ।

लक्ष्मी काठमाडौंमा इन्जिनियरिङ्ग तेस्रो बर्षमा अध्ययनरत थिइन् । देव परिवारले ५ बर्षअघि पनि दशैंमा नै अर्का एक जना सदस्य गुमाएको थियो । २०७२ सालको दशैंमा मृतक लक्ष्मीका दाजु जितेन्द्रनारायण देवको ह ८ त्या भएको थियो ।

२०७२ साल असोज ३० गते उनको श ८व बरहीबीरपुर गाविसको नहर छेउमा फेला परेको थियो । सीएमए पास गरेका देव रोजगारी नपाएपछि पसल चलाएर गुजारा गरिरहेका थिए । उनको २०७२ सालकै वैशाख १७ गते झापाको शिवगञ्ज निवासी विष्णुमाया देवसँग विवाह भएको थियो ।

पतिको वियोगमा बिष्णुमायाको पनि ज्यान गइसकेको छ । ५ बर्ष बित्दा पनि उनको हःत्याको कारण खुल्न सकेको छैन भने हःत्यारा पनि पःक्राउ परेका छैनन् । छोराको मृत्यूको घाउ आलै रहेका बेला छोरीको पनिे दुर्घटनामा परी ज्यान जाँदा बाबुआमाले अर्को बज्रपात सहनुपरेको छ । स्थानीय गणेशलाल भन्छन्, ‘बृद्व आमाबुवाको आँशु अझै थामिएको छैन । उनीहरु कसैसँग बोल्न समेत तयार छैनन् ।’

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com