About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
शहरहरु डु*बेपछि हा*हाकार : हे*लिकोप्टरबाट खाना फा*लिन्छ जे*सीबीबाट पानी ढु*वानी

Darpanpost बुधबार, आश्विन १५, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौ । भारतका केही क्षेत्र ठूलो डुबानमा परेका छन् । पटनामा पिउने पानीको हाहाकार भएपछि प्रशासनले ढल निकासको काम अघि सारेको छ । पानी निकाल्न ठूला मोबाइल पम्पिङ सेटहरू राखिएको छ।

वायुसेनाका दुई हेलिकप्टरहरूले पानीमा फसेका मानिसहरूका लागि खाना प्याकेटहरू खसालदैछन्। राजेन्द्रनगर लगायत धेरै क्षेत्रहरूमा मानिसहरू धेरै दिनदेखि घरमा फसेका छन्। सबैभन्दा ठूलो संकट भनेको पिउने पानीको हो। पानी जेसीबीबाट राजेन्द्र नगर क्षेत्रमा ढुवानी हुँदैछ।

जिम्बावेविरूद्ध सन्दीप र सोमपालले लिए २–२ विकेट, पारसले कप्तान नै ढलाए

काठमाडौ । सिंगापुरमा त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल जारी छ । खेलमा नेपालका सन्दिप लामिछाने र सोमपाल कामी चम्किएका छन् । उनीहरु छोटो ओभरमा नै २–२ वीकेट लिएका छन् ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले नेपालले बलिङ गरिरहेको छ । जारी खेलको शुरुवातमा नेपालले महत्वपूर्ण विकेट लिन सफल भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावेले ३० रन बनाउँदा नेपालले दोस्रो विकेट लिन सफल भएको हो ।

सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट गराए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिएको थियो । स्कोर ३८ रन हुँदा सन्दीपले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए । जिम्बावेका पिटर मोर १४ रनमा आउट भएका हुन् ।

त्यसको केही बेरमा नै फेरी सोमपालले व्यक्तिगत दोस्रो वीकेट लिए । जुन टीमका लागि चौथो वीकेट हो । सोमपालले २२ बलमा मात्र २० रन जोडेका टिनोटेंड म्यूटोम्बोजीलाई आउट गरे । खेलमा कप्तान पारस खड्काले जिम्बावेका कप्तान शॉन विलियम्सकै वीकेट लिएका छन् । योसँगै नेपालले फटाफट ५ वीकेट लिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com