Breaking News

Online Radio

शसिका, सन्तोष र उमेश राइको स्वरमा पूर्वको जुहारी गीत सार्वजनिक

प्रकाशित मिति : २०७६-आश्विन-१४ १२:२७ || Simpal Suzan

काठमाडौं, पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो ।
फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता÷दर्शकमाझ ल्याएको उमेश राईले बताए ।
यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताए ।
कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

ओखलढुङ्गामा पुल बनाउने डडेल्धुराका मेयर ठेकेदार, छ वर्षमा जग पनि उठेन

ओखलढुङ्गा स् मान्द्रे दोभानस्थित मोलुङ खोला निर्माणधीन पुल दुई पटक म्याद थप गर्दा पनि अलपत्र अवस्थामा रहेको छ। मोलुङ गाउँपालिका–१ र सुनकोसी गाउँपालिका जोड्ने उक्त पुल छ वर्षअघि निर्माण थलिएको हो। डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको राजेन्द्र निर्माण कम्पनीले निर्माण ठेक्का पाएको उक्त पक्की पुल समयमै निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिसकिएको छ। २०७२ सालभित्र निर्माण सम्पन्न गर्ने गरी २०७० मा सम्झौता भएको थियो।

तर, सम्झौताअनुसार निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप्दा पनि जगसमेत निर्माण भएको छैन। दोस्रो पटक थपेको म्याद २०७६ जेठमा सकिएपछि ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छलफलका लागि बोलाएका थिए। तर, उक्त छलफलमा कम्पनीले एक जना इन्जिनियर प्रतिनिधिको रुपमा पठाएको थियो। छलफलमा कम्पनीका प्रतिनिधि इन्जिनियर विदुर कँडेलले चालु आर्थिक वर्षमै पुल सक्ने बताएका थिए। त्यस बेला ओखलढुङ्गाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवार उनको आधिकारिकतामाथि नै प्रश्न गरेका थिए।

त्यसपछि कँडेलले कम्पनीको पत्र पेश गरी म्याद थप्न निवदेन दर्ता गरेका थिए। यसपछि प्रमुख जिल्ला अधिकारी आचार्यले एक साताभित्र कार्ययोजना पेश गर्ने, १५ दिनपछि सुरु हुने कामको प्रगति हेरेर म्याद थप गर्ने वा कारवाही गर्ने भन्ने निर्णय गर्ने प्रस्ताव गरेपछि कार्ययोजना ल्याउन कम्पनीलाई एक साताको म्याद दिइएको छ। मोलुङ खोलाको पुलको विषयमा गरिएको यो निर्णय पहिलो भने होइन। यसअघि उक्त कम्पनीका कन्ट्रयाक्टरसँग यस्तै सम्झौता भएको थियो। तर कार्यान्वयन भएन। सुरुको सम्झौताअनुसार उक्त पुल २०७२ सालमै निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भएको थियो।

तर, पुलको डिजाइन फेल भएको भन्दै काम भएन। पाइलिङ प्रविधिबाट निर्माण गरिने उक्त पुल चट्टान नभेटिएपछि ओपन फाउन्डेसनमा निर्माण गर्ने डिजाइन गर्न झण्डै दुई वर्ष लाग्यो। २०७३ पछि डिजाइन समेत परिर्वतन गरेर पिलर राख्न थाले पनि पुल अलपत्र छ। प्रविधि परिर्वतन गर्नु परेपछि साउदको कन्ट्रयाक्टर रवीन्द्र लामा भागेका थिए। पछिल्लो पटक थप गरिएको म्यादअनुसार २०७४ असार मसान्तभित्र पुल सम्पन्न गर्नुपर्ने थियो।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com