Breaking News

Online Radio

अनमोल केसीलाई लिएर ‘धु*पौरे’ ब*नाउँदै सा*म्तेन भु*टिया

प्रकाशित मिति : २०७६-आश्विन-७ १६:५० || Simpal Suzan

 

काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । निर्माण पक्षले यो फिल्मको लोगो पनि तयार गरिसकेको छ, जहाँ अभिनेता अनमोल केसी, निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठको नाम उल्लेख गरिएको छ ।

यो फिल्मको अभिनेताको रुपमा अनमोल केसीलाई फाइनल गरिएको निर्माण पक्षले जानकारी गराएको छ । यो फिल्मको छायाङ्कन मंसिरबाट गरिने जानकारी गराइएको छ । ‘ए मेरो हजुर–३’ पछि ‘धुपौरै’ मार्फत अनमोल दर्शकमाझ प्रस्तुत हुने भएका छन् ।

यो फिल्मको अन्य कलाकारहरुको बारेमा निर्माण पक्षले अहिले कुनै पनि जानकारी लिक गरेको छैन । निर्देशक साम्तेनको नयाँ फिल्म ‘च च हुई’ मंसिरबाट दर्शकमाझ रिलिजमा आउदैछ ।

‘इंशाअल्लाह’ विवादः सलमानले भने– ‘संजय मेरो असल साथी हुन् र रहिरहनेछन्’

सञ्जय लीला भंसालीको ‘इंशाअल्लाह’ मा सलमान खानले अभिनेत्री आलिया भट्टसँग पहिलो पटक अस्क्रिन रोमान्स गर्ने समाचारले दर्शकहरु उत्साहित थिए । तर, इंशाअल्लाहको सुटिङ सुरु हुनु तीन दिन अगाडि मात्रै सलमानले ट्वीट गर्दै फिल्म नगर्ने जानकारी दिएका थिए ।

केही समय अघि मात्रै सलमानलाई इंशाअल्लाहबाट ब्याकआउट हुनुको कारण सोधिएको थियो । पिटीआईसँग कुराकानी गर्नेक्रममा सलमानले भने– ‘संजय मेरो असल साथी हुन्, र सँधै रहिरहनेछन् ।’ उनले थपे– ‘इंशाअल्लाहको मतलब अल्लाहको खुसी भन्ने हुन्छ । यस प्रोजेक्ट गर्नुमा अल्लाह खुसी छ जस्तो मलाई लाग्दैन ।’

यता अभिनेत्री आलियाले इंशाअल्लाह फिल्मको बारेमा बोल्दै भनिन्– ‘म संजय लीला भंसाली र सलमान खानसँग काम गर्न निकै उत्साहित थिए । मलाई लाग्छ, कयौं पटक यस्तो चिज हुन्छ, जहाँ तपाईको कन्ट्रोल हुँदैन । तर, मैले लेखेर तपाईलाई दिन सक्छु, मैले चाँडै संजय लीला भंसालीको साथमा काम गर्नेछु ।’

नयाँ रिपोर्टका अनुसार संजय लीला भंसालीले इंशाअल्लाह नभई फिल्म गंगुबाई बनाउँदैछन् । यो फिल्ममा आलियालाई कास्ट गरिएको छ । फिल्मको सुटिङ चाँडै सुरु गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com