Breaking News

Online Radio

रास्ट्रपति भण्डारीलाई ट्युसन पढ्न काग्रेस प्रवक्ता शर्माको अनुरोध

प्रकाशित मिति : २०७६-आश्विन-५ १३:४३ || दर्पण पोष्ट

काठमान्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न अनुरोध गरेका छन्। एक सार्वजनिक कार्य क्रममा राष्ट्रपति विद्या भर्ण्डारीले कांग्रेस सभापति शेर बहादुर देउवालाई होच्याएर बोलेपछि राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान क्रममा शनिबार इलाम पुगेका प्रवक्ता बिश्वप्रकाश शर्माले भनेराष्ट्रपति भण्डारीले आफूले के बोल्ने के नबोल्ने भन्ने बारेमा ज्ञान नभएको उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ। क’म्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन् कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे।

नेता बिश्वप्रकाश शर्माले भन्नुभयो ‘बोली बुझिने चार जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएनतर बोली नबुझिने कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो देशले संविधान पायो अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनैतहको निर्वाचनसमेत भयो।

कांग्रे सका सुशील कोइरालाको बोली बुझिँदैन थियो तर उहाँकै नेतृत्वमा देशले संविधान पायो वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिँदैन तर उहाँकै नेतृत्वमा देशमा तीनै तहको निर्वाचन सम्पन्न भयो।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com