Breaking News

Online Radio

शिब शक्ति संगम कप नकआउट फुटबल प्रतियोगिता सुरु

प्रकाशित मिति : २०७६-आश्विन-३ १८:५८ || Tank Sunar

असोज ३ । रुपन्देहीको देवदहमा शिब शक्ति संगम कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार देवदह–४ भवानीपुरमा रहेको खेल मैदानमा समाजसेवी टिकाराम चापागाईले खेलको उद्घाटन गर्नु भएको हो । युवाहरुलाई गलत मार्गमा लाग्नबाट रोक्न सघाउ पुगोस भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको प्रतियोगिताका संयोजक विमल परीयारले जानकारी दिनु भयो । प्रतियोगिताको विजेताले ५० हजार उपविजेताले ३० हजार प्राप्त गर्ने छन । प्रतियोगितामा जम्मा २० टिमको सहभागिता रहेको आयोजकले बताएको छ । प्रतियोगिताको फाइनल खेल असोज १८ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com