Breaking News

Online Radio

इशाको पचास हजार तिज खर्च दुखी पिडितलाई सहयोग

प्रकाशित मिति : २०७६-भाद्र-१८ ००:१७ || Simpal Suzan

खोटाङ /     विशेष गरि नेपालमा हिन्दु धर्म अनुसार हरितालिका तिज नारीहरुको लागि ठूलो पर्ब हो ।नेपाली समाजमा तिजलाई विशेष तड्क भड्कको साथ मनाउदा निकै खर्चिलो देखिएको छ ।समजसेवी ईशा गुरुङले भने यो बर्षको तिज मनाउने खर्च दु खि पिडित लाई दिएकी छिन । निकै लामो समय देखि समाजसेवा निरन्तर गरिरहेकी गुरुङ ले तिजको दिन मैले पाटी प्यालेसमा खर्च गर्ने ५० हजार पैसा दुखी पिडितलाई दिन्छु भनेर स्टाट्स छोडेको करिब १० मिनेटमा धेरै पिडित र अभियान्ताले कमेन्ट र सिएर गरेका थिए । त्यसै कमेन्टमा आएका धेरै पिडित मध्य पाच जना पिडितलाई जनही १०/ १० हजारको दरले मंगलबार नै पिडित लाई पैसा पठाईसकेको फेसबुक मार्फत स्टाट्स छोडिसकेकी छिन । दुखी पिडित साथै सामाजिक अभियान्ता महिनामा झन्डै ३ सयको हाराहारीमा आउने गरेको ईशा बताउनु हुन्छ। पोखरा घर भइ हाल यु के मा कर्म थलो बनाइरहेकी ईशा भने हरेक समय नेपालकै लागि खर्ची रहेकी हुन्छिन।स्टाट्स मार्फत छनोट भएको पिडित र अभियान्ता पुर्ण फेसबुक स्टाट्स मार्फत नै जानकारी दिएकी छिन ।
१) ओकिल धामी भाइको पिडित लाइ १० हजार
२) ओम घले भाइको पिडित लाइ १० हजार
३) निरास बराइली भाँइको पिडित लाइ १० हजार
४) गणेश रावत भाँइको पिडित लाइ १० हजार
५) श्रेष्ठ राधा मेडमको पिडित लाइ १० हजार
तिजलाई मनाउनु हुन्न भने धारणा हैन उनले भनिन
एकछिन रमाइलो गरेर सकिने रकम जो कसैको जीवनमा ज्योती पनि छर्न सक्छ |जीवन मरणको दोसाँधमा परेका पीडितहरुलाई अवश्य राहत मिल्ने छ । धर्म, सस्कार संस्कृति, परम्परालाई जोगाउने क्रममा ज्यादा भड्किलो नगरी आफ्नो भावी पुस्ता समक्ष निरन्तरता दिलाउनु हाम्रो दायित्व एवं कर्तव्य हुन् ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com