Breaking News

Online Radio

जागिर लगाइदिने भन्दै युवतीमाथि बला’त्कार र लुट’पाट

प्रकाशित मिति : २०७६-भाद्र-१७ १२:३० || Simpal Suzan

काठमाडौ । भदौ ७ मा सोलुखुम्बुको थुलुङ कोसी गाउँपालिकाकी युवती विष्णु नेपालीको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो। ‘एनआइसी एसिया बैँकमा जागिर खुलेको छ, तपाईं इच्छुक भए शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमणपत्र लिएर विराटनगर आउनू’ भनियो।

उनलाई फोन गर्ने व्यक्ति थिए, आफूलाई रोजगार डटकमका प्रमुख सञ्जीब खड्का नाम बताउने सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरका सन्तोषकुमार यादव। सामाजिक सञ्जालमा रोजगारी डटकममा आफू जागिरका लागि इच्छुक रहेको भन्दै विष्णुले मोवाइल नम्बर दिएपछि उनलाई फोन आएको थियो।

उनी बुवा र सुनसरी बराहक्षेत्रकी साथी आशा राईसहित ११ भदौमा विराटगर आइन्। बेलुकीपख सन्तोषसँग भेट भयो। उनले विष्णु र उनका बुवालाई विराटनगरको ग्यालेक्सी होटलमा राखे। अनी विष्णुकी साथी आशालाई ‘तिमीलाई राजविराजस्थित एनआइसी बैँकको शाखामा आजै हाजिर गराउनुपर्छ,’ भन्दै सफारी गाडीमा हालेर इटहरीतर्फ लगे।इटहरीबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरस्थित एकान्त स्थानमा लगेर उनी आशामाथि जाइलागे भन्ने खबर कान्तिपुर दैनिकमा छ।

मुख थुनेर उनको साथमा रहेको नगद, मोबाइल र सुनचाँदीका गरगहना गरी दुई लाख रुपैयाँ लुट’पाट गरे। जसोतसो ज्यान जोगाएर आइन् र कन्चनपुरको इलाका प्रहरी कार्यालयलाई सम्पर्क गरिन्।

आशासहित यसअघि परेका विभिन्न जाहेरीका आधारमा प्रहरीले यादवलाई १४ भदौमा मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित डेराबाट नियन्त्रणमा लिएको छ। प्रहरी अनुसन्धानबाट उनले जागिरको प्रलोभनमा डेढ दर्जन युवतीलाई बला’त्कार र लुट’पाट गरेको खुलेको छ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com