About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
प्राङ्गारिक उत्पादनमा म्याग्दीका स्थानीय तह

Darpanpost शनिबार, भाद्र १४, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

गलेश्वर । म्याग्दीका स्थानीय तहले विषादी विरुद्धको अभियान शुरु गरेका छन् । विषादीयुक्त भारतीय तरकारीको आयात नियन्त्रणमा चुनौती भइरहेका बेला म्याग्दीका स्थानीय तहले आआफ्नो क्षेत्रका कृषकलाई अर्र्गानिक तरकारी उत्पादनका लागि प्रोत्साहन गर्ने नीति लिएका छन् ।

म्याग्दीका ६ स्थानीय तहमध्ये चार वटाले रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण र न्यूनीकरणलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर विषादीरहित तरकारी र फलफूल उत्पादन गर्ने कृषकलाई विशेष प्रोत्साहनको समेत व्यवस्था गरेका छन् । मङ्गला गाउँपालिकाले विषादी शून्य अभियान नै सञ्चालन गरेर तरकारी र फलफूलमा मात्रै होइन खाद्यान्न बालीमा समेत रासायिनक मल, विषादी र औषधिको वहिष्कार गर्दै मानव मूत्रको प्रयोग थालेको छ । त्यसका लागि सार्वजनिक स्थान, विद्यालयलगायत कृषकले घरघरमा मूत्र सङ्कलनका लागि भाँडाहरु राख्ने र मूत्र सङ्कलन गर्न अनूकुल हुने खालका शौचालयसमेत निर्माण गरेका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

त्यसैगरी अन्नपूर्ण र घुगङ्गा, मालिका र बेनी नगरपालिकाका केही वडाले पनि अर्गानिक उत्पादन अभियान शुरु गरेका छन् । तरकारी तथा फलफूलमा हुने रासायनिक विषादीले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर पु¥याउने ठहर गरी म्याग्दीका विभिन्न स्थानीय तहले यसको उपयोगमा समेत कडाई गरेका हुन् ।

विषादीमुक्त स्थानीय तह बनाइँदै म्याग्दीको मङ्गला गाउँपालिकाले दुई वर्षमा गाउँपालिकालाई नै रासायनिक मल र विषादीमुक्त बनाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मङ्गलाले गत वर्षदेखि नै कृषि प्रणालीलाई रासायनिक मल र विषादीमुक्त बनाउने अभियान सञ्चालन गर्दै आएको हो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले रासायनिक मल तथा विषादीको विकल्पको रुपमा उपयोग हुने जैविक मल र विषादीको उत्पादनका लागि किसानलाई सहयोग गर्दै आएको बताउनुभयो । यसैगरी अन्नपूर्ण गाउँपालिकाले पनि विषादी रहित उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर कृषकलाई अनुदान र सामग्री सहयोग गर्ने भएको छ ।

उता मालिका गाउँपालिकाले वडा नं ७ मा पर्ने बिम गाउँलाई पूर्ण अर्गानिक उत्पादनको गाउँ घोषणा गरेको छ । विममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले शिक्षालयमा अध्ययनरत् विद्यार्थीलाई अर्गानिक उत्पादनको आधुनिक तरिका, प्रयोगात्मक विधि र प्राङ्गारिक मल उत्पादनका विषयमा विशेष कक्षाको नै व्यवस्था गरिएको जानकारी दिनुभयो । बिममा जेटिए, आइएससी ९एजी० तीन वर्षे बाली विज्ञान र पशु विज्ञानको पढाइ हुँदै आएको छ । रासायनिक मलको विकल्पका रुपमा उपयोग गर्न सकिने जैविक मल र विषादी उत्पादनका लागि किसानलाई तालीमसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी रघुगङ्गा गाउँपालिकाले खेतबारीदेखि भान्सासम्ममा रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । यहि नीतिअनुसार गाउँपालिकाले जैविक ढङ्गबाट कृषि उपज उत्पादनका लागि कृषकलाई विशेष सहुलियत प्रदान गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।रासस

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com