About Contact
१८ जेठ २०७७, आइतबार
Close
बिज्ञापन
कर्णालीमा घरवास सञ्चालनमा आउने

Darpanpost शनिबार, भाद्र ०७, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

वीरेन्द्रनगर । कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो ।

कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताउनुभयो । होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

होमस्टे सञ्चालनअन्तर्गत कालिकोटको पचाल झरना होमस्टे तथा उद्यान निर्माण, कालिकोटको खाडाचक्र नगरपालिकाको पिली क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी भइरहेको छ । यस्तै जुम्लाको तातोपानीमा ऐरेनी तातोपानी होमस्टे, बड्डी होमस्टे, मालिका बत्ती होमस्टे सञ्चालनमा आउने भएका छन्् । यस्तै डोल्पामा त्रिपुरासुन्दरी बगर होमस्टे, दैलेखको दुल्लु नगरपालिकाको लाफा होमस्टे, मुगुमा झ्यारी, लामाचौर र ताल्चा होमस्टे सञ्चालनमा आउन लागेका छन् ।

मन्त्रालयका अनुसार रुकुमको स्र्यापु, हुम्लाको सिमीकोट, सल्यानको कुपिण्डे र सुर्खेतको वीरेन्द्रनगरमा पातालगङ्गा होमस्टे सञ्चालनमा आउने भएका हुन् । ती होमस्टे सञ्चालनको तयारीमा रहेको सूचना अधिकारी रोकायले बताउनुभयो ।

होमस्टेमा कोशेली घर तथा सामुदायिक घर निर्माण भइरहेका छन् । कतिपय स्थानमा निर्माणको चरणमै छन् । यस आर्थिक वर्षमा पनि होमस्टे सञ्चालनका लागि बजेट छुट्याइको उहाँले जानकारी दिनुभयो । एउटा होमस्टे निर्माणको लागि रु २५ देखि ५० लाख सम्म बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास निर्माण कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको विकास निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
दैलेखको क्वारेन्टाइनमा बसेकी एक महिलाले जन्माइन बच्चा
बिधुतीय महसुल छुट दिदा प्राधिकरणको आम्दानीमा प्रभावित

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com