Breaking News

Online Radio

प्रगतिमा एनसीसी तालिम सुरु

प्रकाशित मिति : २०७६-भाद्र-३ २१:५१ || Simpal Suzan

प्रिया अधिकारी  /कञ्चन रुपन्देही भदौ ४ कञ्चन विधार्थीलाइ आत्मबल अनुशासित र रास्ट्रभक्त बनाउने उदेश्यले एनसीसी तालिम गाउँपालिका वडा न: १ बेलभरियामा अवस्थित प्रगति माध्यमिक विध्यालयमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापाको अध्यक्षता भएको उक्त कार्यक्रममा कक्षा ११र १२ का १८ छात्र र १८ छात्रालाई आत्मबल अनुशासित र रास्ट्रभक्त बनाउने उदेश्यले त्यस्तो तालिमको सञ्चालन गरिएको हो।

कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कार्यक्रममा बोल्दै व्यक्ति जुनसुकै ठाउँमा जादा पनि उसमा आत्मबल र अनुशासन हुनु अति आवश्यक हुने भएकाले यस्तो तालिम विधार्थिका लागि सञ्चालन भएकोमा खुसी व्यक्त गरे उनले यस तालिमले बालबालिकाहरुको आत्मबल बढ्नुका साथै अनुशासित हुन र देशभक्त बन्न प्रेरणा मिल्ने कुरा व्यक्त गरे ।

उक्त विधालयका प्रधानाध्यापक जिवराज पौडेलले यश तालिमले विधार्थीहरुलाइ अनुशासिय मर्यादित बनाउनुका साथै विधालयको छवि उच्च राख्नका लागि पनि यो तालिम महत्वपूर्ण भएको बताउनु भयो । जित बहादुर पुनको सञ्चालनमा भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु, अभिभावक शिव पौडेल ,दिपक पुन ,मेयर अभयनाथ पाण्डेय लगायतले यो तालिम विधार्थीहरुलाइ नयाँ जीवन जिउनका लागि एक उत्कृष्ट रहेको भन्दै आ-आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com