Breaking News

Online Radio

नवलपरासी, १ भाद्र / विश्वकै अग्लो श्रीकृण्ण मुर्ति रहेको पश्चिम नवलपरासी ४ रमवापुरमा सप्ताहाव्यापि भागवत् महापुराण एवम् सप्ताहा ज्ञान महायज्ञको शुभारम्भ भएको छ । धार्मिक पर्यटन प्रर्वद्धन एवम् विकास गर्ने उद्देश्यका साथ कृष्णाजन्माष्टमीको अवसर पारेर शुरु गरिएको उक्त कृष्णाष्टमी मेला तथा महायज्ञको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गर्नुभयो । यसैगरी मन्त्री चौधरीले सो स्थानमा निर्माण गरिएको विश्वकै अग्लो ७१ फिटको कृष्णा मुर्तिको पनि अनावरण गर्नुभयो ।

सप्ताहाव्यापि महायज्ञको उद्घाटन गर्दै मन्त्री चौधरीले सुनवल मा वनेको कृष्ण मुर्ति र यो संगै उत्तर तर्फ रहेको सिमसार सम्म जलासयको लागी प्रदेश सरकारले सहयोग गर्ने वाउनुभायो । मन्त्री चौधरीले वुटवल नरायणगढ र सुनवल महेशपुर सडकखण्ड फोरलेनको वन्ने र सुनवल देखि महलपोखरी हुदै पाल्पा सम्म स्तरीय सडक निर्माणको कामलाई अगाडि वडाएको भन्दै अहिले परिकल्पना समेत नगरेको सुनवल सेन्टर पोइन्टका रुपमा वन्ने वताउनु भयो ।

प्रदेश सदस्य भगवती भण्डारीले श्री कृष्ण मुर्ति निर्माण ले सुनवल को पहिचामा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पुर्व पश्चिम हाइवेमा सवार सवै यात्रुहरुले श्रीकृष्ण मुर्तिको फोटो समाजिक संजालमा समेत व्यापक बनाएको भन्दै सुनवलको विकासमा राम्रो नमुना भएको वताउनुभायो ।

सुनवल नगरपालिकाका प्रमुख भिम वहादुर थापाले आफुरु भाग्यमानि रहेको भन्दै विकासका पिल्लरहरु मध्ये पर्यटन महत्वपुर्ण पिल्लरको रुपमा रहेको भन्दै लुम्वीनीमा आएका पर्यटकलाई सुनवल नगरपालिका सम्म ल्याउने उद्देश्यका साथे सुनवल नगरपालिका भित्रका हरेक धार्मिक र पर्यटकिय क्षेत्रको विकास गदै नेपालकै नमुना नगरपालिका वनाउने उद्देश्यले नगरापालिका कार्यक्रमहरु अगाडि वढाएको वताउनु भयो ।

सप्ताहाव्यापि भागवत् महापुराण एवम् सप्ताहा ज्ञान महायज्ञ तथा मेला आयोजक समितिका अध्यक्ष वालकृष्ण पंगेनिको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्याल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेकपा नगर अध्यक्ष ओम पुन ,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष तथा समाजसेवि कृष्ण प्रसाद लामिछाने , जगत प्रसाद पौडेल लागाएतले आ आफ्नो धारणा सहित शुभकामना व्याक्त गर्नुभएको थियो ।

महयज्ञमा दैनिक रुपमा दिनदयाल महाराज ज्युको संरक्षकत्वमा प्रखर वाचक युवा व्यास पं प्रकाश तिवारीको मुखारविन्दबाट संगितमय श्रीमतभागवत वाचन तथा भजन गायक नारायण गौतमको संयोजकत्वमा भजन कृतन रहने आयोजकले जनाएको छ ।

यसै गरि दैनिक पुजापाठ , श्रीकृष्ण भगवानको विगृह पुजा , कन्या पुजन , गौ पुजन, पुराण वाचन , झाकि प्रर्दशन , रात्रिकालि भजन , आरति लागाएकतका कार्यक्रमहरु रहने श्रीकृण्ण जन्मास्टमी मेला अयोजक समितिका अध्यक्ष वाल कृष्ण पंगेनिले जानकारि दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com