Breaking News

Online Radio

टेलिफोन टावरको समस्या

प्रकाशित मिति : २०७६-श्रावण-३१ १३:०५ || दर्पण पोष्ट

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ की सुनिता मगर अपराह्नको ४ बजे फोनमा कुरा गरिरहनुभएको हुन्छ । त्यतिबेला एक्कासी फोनमा कुराकानी बुझिँदैन । हेलोहेलो भन्दाभन्दै फोन कट्छ । एकछिन रिसले चुर परेर फत्फताउनुहुन्छ । एउटा गतिलो मोबाइल छैन जतिखेर काम परेको हुन्छ त्यतिखेर फोन बुझिदैन, बिग्रेको थोत्रो, उहाँले मोबाइललाई दोष दिनुहुन्छ । तर त्यहाँ मोबाइल केही भएको हुँदैन । हुन्छ त केबल नेटवर्कको समस्या । उहाँको मोबाइलमा टेलिफोनको टावर हुँदैन । कुरा गर्दागर्दै अधुरो रहेको कुराकानीलाई पूरा गर्नका लागि अब उहाँले अर्को दिनको १० बजे कुर्नुपर्ने हुन्छ ।

भुमे गाउँपालिका वडा नं १ लुकुमका रामकुमार बुढाले पनि फोनमार्फत गर्ने काम ४ बजेभन्दा अगाडि नै गरिसक्नुभएको हुन्छ । सबै काम सधैँ हतारमा किन भनेर सोध्दा उहाँ भन्नुहुन्छ, आजको काम आजै छिटो सक्नुपर्छ, नत्र फेरि मोबाइलमा नेटवर्क गयो भने भोलि बिहानको घाम नझुल्किञ्जेलसम्म कुरेर बस्नुपर्छ । सिस्ने गाउँपालिका वडा नं २ की सविना खड्काको समस्या पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “साँझको ५ बज्यो भनेजति नै इमरजेन्सी काम किन नपरोस् फोन गर्न पाइने होइन । यस्तो समस्याबाट गुज्रिरहेका उहाँहरु त केही उदाहरणीय पात्र मात्र हुनुहुन्छ । यस्तो समस्याबाट जिल्लाका हजारौँ नागरिकले वर्षैपिच्छे सास्ती खेपिरहेका छन् ।

रुकुमपूर्वमा हरेक दिनको सूर्यास्तसँगै टेलिफोनको टावर अस्ताउने गरेको छ । जिल्लास्थित अधिकांश ठाउँका टेलिफोन टावर सोलारको ब्याट्रीबाट सञ्चालनमा रहेका छन् । वर्षाको यो समयमा धेरै पानी पर्ने र बादल लागिरहने हुनाले सोलारको ब्याट्री चार्ज हुन पाउँदैनन् । जसले गर्दा दिनको बिहानीसँगै टेलिफोनको टावर आउने र सूर्यास्तसँगै टेलिफोनको टावर पनि हराउने गरेको छ । जसले गर्दा जिल्लाका अधिकांश क्षेत्रका नागरिक सञ्चारको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा भएका टावरमा विद्युत् आपूर्ति नहुँदा फोन सेवा अवरुद्ध हुने गरेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ पेल्मा र भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगरलगायतका विभिन्न ठाउँमा सदावहार नेपाल टेलिकमको टावरले काम गर्दैन । यस गाउँपालिकाका अधिकांश ठाउँमा स्काइ फोन प्रयोग गरिरहेका छन्, जहाँ विगत सात वर्षदेखि स्काइ फोनले काम चलाउरुपमा काम गरिरहेको छ । भुमे गाउँपालिकामा भने एनसेल फोन प्रयोग गरिरहेका छन् ।

जिल्लास्थित सबै नागरिकले नेपाल टेलिकमको टेलिफोन सेवा प्रयोग गर्न नपाएको उनीहरु बताउँछन् । कतिपय ठाउँका नागरिक भने फोन गर्नकै लागि घरबाट एकदेखि दुई घण्टासम्म हिँडेर फोनले काम गर्ने डाँडामा पुगेर कुरा गर्छन् । विसं २०७४ असोज २० गतेदेखि छुट्टै जिल्लाका रुपमा काम शुरुआत गरेको रुकुमपूर्वमा अहिलेसम्म टेलिकमको शाखा स्थापना हुन सकेको छैन ।

जिल्लामा टेलिकमका कर्मचारी पनि छैनन् । जसले गर्दा बेलाबेलामा बिग्रिँने टावर मर्मत गर्नका लागि कर्मचारी बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म जिल्लावासी टेलिफोन सेवाबाट वञ्चित भएर बस्नुपर्ने बाध्यतामा हुन्छ । वर्षाको समयमा घाम नलाग्ने भएकाले सोलारको ब्याट्रीमा चार्ज हुन नपाउने र त्यसले गर्दा टावरले पनि काम नगर्ने टेलिकमले जनाएको छ ।

टावरमा केही क्षति भयो भने भनेकै समयमा दक्ष जनशक्ति पु¥याउन सकिँदैन । जिल्लामा आवश्यक जनशक्तिको अभाव छ, टावरमा खराबी आएमा जिल्ला बाहिरबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता रहेको टावर देखवाल गर्ने रामबहादुर विश्वकर्माले बताउनुभयो ।

तीन वटा गाउँपालिका रहेको जिल्लाको यो समस्यालाई समाधान गर्न भन्दै टेलिकमले तीनवटै गाउँपालिकामा टावर निर्माण गर्ने भनिए पनि अहिलेसम्म सिस्ने गाउँपालिका वडा नं २ को सुद्रिमा मात्र टावर निर्माणको काम सम्पन्न भएको सिस्ने गाउँपालिका– २ का वडाध्यक्ष जीवन केसीले बताउनुभयो । बाँकी अन्य ठाउँमा भने काम शुरु नभएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com