Breaking News

Online Radio

 

लमजुङ– अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

‘अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अरु केके भयो भन्ने विस्तृत जानकारी प्राप्त भइसकेको छैन,’ डीएसपी गुरुङले रातोपाटीसँग भने, ‘मसहित प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोली घट्नास्थल जाँदैछ । घटनास्थल पुग्न नै समस्या भइरहेको छ ।’ कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

घट्नास्थल नजिक भनिएको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले घटनाबारे सबै विवरण आइनसकेको जनाए ।

दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन छ ।यता, लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन छन् । त्यस्तै, हाइड्रोपावरको उपकरणहरु ठूलो क्षति पुगेको उनको भनाई छ ।

सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com