काठमाडौं । बलिउड नायिका शर्लिन चोपडा विभिन्न समयमा चर्चामा आउने गरेकि छन् । त्यसको मुख्य कारण हो उनले सामाजिक संजालमा पोस्ट गरेको तस्बिर । कुनैले चर्चा कमाउँछन् भने कुनैले दर्शकको गाली । हालै उनले इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेर फ्यानको ध्यान तानेकी छिन् ।
वालपेपर क्वीनका रुपमा पनि चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छिन् । तर, उनी खासै चलेकी कलाकारका रुपमा भने चिनिएकी छैनिन् ।
उनले नाम पनि बदल्ने गर्छिन् । अहिले शर्लिन भनेर चिनिने उनी पहिले मोना नामले चिनिने गर्थिन् । त्यसो त उनी सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् नै ।