Breaking News

Online Radio

बर्दघाट । सामाजिक सञ्जालमा हालेको स्टाटस कमेण्ट लेखेको विषयलाई लिएर बर्दघाटमा एक जनामाथि कुटपिट भएको छ ।

राष्ट्रिय जनमोर्चाका बर्दघाट अध्यक्ष शोभा कान्त लामिछानेका अनुसार राष्ट्रिय जनमोर्चाका बर्दघाट सहसचिव लक्ष्मणजंग हमालमाथि कुटपिट भएको हो । उनको अहिले बर्दघाट चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

कुटाइ खाने लक्ष्मणजंग हमाल रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव र अखिल नेपाल युवक संघको जिल्ला कोषाध्यक्ष समेत हुन् ।

राष्ट्रिय जनमोर्चाका बर्दघाट अध्यक्ष शोभा कान्त लामिछाने हमालमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप लगाएका छन् ।

बर्दघाट नगरपालिका वडा नं। १४ धर्मबस्तीमा रहेको उदय युवा क्लबका उपाध्यक्ष समेत रहेका हमालले आफूमाथि क्लबका अध्यक्ष जीवन कामु र प्रेम कामु लगायतको टोलीले घरमै आएर कुटपिट गरेको बताए ।

कुटाइ खाने हमालले दाउन्ने न्यूजलाई बताए अनुसार – बजारको ठेक्का लगायतका विषयमा क्लबका पदाधिकारी बीच नै विवाद भएको थियो । अध्यक्ष कामु बजारको ठेक्का क्लबले लगाउन पाउने पक्षमा लिए भने उपाध्यक्ष हमाल भने जसले ठेक्का लगाए पनि नगरपालिकामा गएर क्बलले बजारबाट उठ्ने ठेक्का रकम माग गर्नु पर्ने पक्षमा थिए । यही विषयमा सामाजिक सञ्जालमा स्टाटस राख्ने र कमेण्ट टिप्पणी गर्ने विषयमा विवाद हुँदा कुटपिट भएको हो ।

शुक्रबार साँझ घरमै २०र२५ जनाको समुहले आफूमाथि कुटपिट गरेको उनले बताए । उनले घटना राजनीतिक विषय नभए पनि आफूमाथि राजनीतिक प्रतिसोध साँधिएको आरोप लगाए ।

उनले भने मलाई पहिला फोन गरेर फेसबुकको कमेण्टलाई लिएर तथानाम गाली गरे मैले गल्ती भएर कानुन अनुसार कारवाही भोग्न तयार छु भने तर मलाई घरमै आएर एक्कासी कुटपिट गरियो ।

उनले आफू कोठा भित्र गएर ज्यान जोगाएको र पछि वडाअध्यक्षलाई फोन गरेर वडा अध्यक्षले प्रहरी प्रशासनलाई खबर गरेपछि उपचार गर्न आउन सकेको बताए ।

अस्पताल स्रोतका अनुसार उनको छातीमा चोट लागेको छ । दाउन्ने न्युजबाट

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com