Breaking News

Online Radio

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा ८ को कार्यालय बनाउन शनिबार पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमको जग्गामा डोजर लगाएर खाडल खनी शिलान्यास नै गरिएको हो ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ । ‘एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो’, विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने–‘मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केही थाहा छैन ।’

विद्यालयको अनुमतिबिनै जग खन्न थालेपछि शिक्षक र विद्यार्थीले विरोध गरेका थिए । मेयर शाक्य शनिबार शिलान्यास गर्न जाँदा उनीहरूले नाराबाजी गरेर अतिक्रमण नगर्न आग्रह गरेका थिए । तर, प्रहरीसहित स्थानीयले बल प्रयोग गरेर शिलान्यास गराएको शिक्षकहरूले गुनासो गरेका छन् ।

‘जग्गा हडप्न आएकालाई विद्यालय परिसरमा छिर्न नदिन गेटमै नारा लगाएर बसेका थियौं’ कक्षा १० का एक छात्रले भने–‘प्रहरीले शिक्षक र विद्यार्थी साथीहरूलाई हातपात गरेर शिलान्यास गराइछाडे ।’

जग्गा कब्जामा परेपछि विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ । शैक्षिक संस्थाको जग्गामा नगरपालिकाको भवन बनाउनु न्यायसंगत नहुने भन्दै विद्यालयले उजुरी दिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विद्याश्रम २०३१ सालमा स्थापना भएको हो । जुन २०५५ सालसम्म गुठी संस्थान मातहत सञ्चालन हुँदै आएको थियो । २०५६ पछि कोषले व्यवस्थापन गर्दै आएको छ । विद्यालयका लागि वाषिर्क अनुदान कोषले उपलब्ध गराउँछ । स्थापना हुँदा विद्यालयसँग ४९ रोपनी जग्गा थियो ।

केही जग्गामा महानगरीय प्रहरी वृत्त गौशाला र कोषको कार्यालय राखियो । विद्यालयलाई ३१ रोपनी जग्गाको मात्र पुर्जा दिइयो । त्यही जग्गामा वडा कार्यालय बनाउन लागिएको हो ।

विद्याश्रममा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ सञ्चालन गर्न अनुमति पाइसकेको छ । ‘विद्यालय थप विस्तार हुँदै गएको छ । छात्रावास, कार्यालय, पठनपाठन गर्ने एकै ठाउँमा हो’, शिक्षक घिमिरेले भने–‘अतिक्रमणमा पर्दै गए विद्यार्थीलाई खेल्ने ठाउँसमेत नरहन सक्छ ।’ कोषको जग्गा अन्यत्र पनि भएकाले विद्यालयकै जग्गामा कार्यालय बनाउन आवश्यक नरहेको शिक्षकहरू बताउँछन् । वडा कार्यालयमा सेवाग्रहीको भीडभाड हुने भएकाले पठनपाठनमा पनि समस्या पर्न सक्ने उनीहरूतर्क गर्छन् ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com