काठमाडौँ । सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन ।
४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ, उनले भनिन,अब खारेजी प्रक्रिया छ । १५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु । उनले भनिन १७–१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाम ल्याइन्छ ।