About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
स्थानिय सरकारले केन्द्र सरकारको कर्मचारीलाई हाजिर गर्न नदिने

Darpanpost सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन। स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउमा कर्मचारी पठाउन आफू संग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा कर्मचारी भर्ना पनि संघले नै गर्ने तयारीप्रति स्थानीय तहले तीब्र असुन्तुष्टि जनाएको हो ।

नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिकाले यस विषयमा सार्वजनिक रुपमा अडान राख्दै आएकोमा विहीबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर नै यस विषयमा स्पष्ट पारिसकेको जनाएको छ । समायोजन सकिएलगत्तै संघले हाजिर नगराउँदा काममा समस्या आएको र समायोजन प्रक्रिया नै अवरुद्ध भयो भन्दै हाजिर गराउन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com