काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो स्थितिमा समीक्षा जरुरी रहेको बताए ।
‘६–७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं रु किन एक्ला भएका छौं रु हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं,’ अध्यक्ष दाहालले भने, ‘हिजो जंगलमा थियौं, जंगलमा भएजस्तो अनभूति थिएन, अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको छ ।
अहिले के विचित्र भइरहेको छ रु’ उनले आन्दोलनलाई नयाँ उचाइ दिनका लागि आवश्यक रहेको र त्यसका लागि आफू जे गर्न पनि तयार हुने प्रतिबद्धता जनाए ।
दाहालले कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ता ‘कम्युनिस्ट आदर्श’ बाट बिग्रँदै गएकाले नयाँ खालको सांस्कृतिक क्रान्ति आवश्यक रहेको पनि बताए । उनले आफूले गरेका गल्ती सच्याउन तयार रहेको उल्लेख गर्दै श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा पार्टीलाई नयाँ ढंगबाट वैचारिक रूपमा मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे ।