About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
शाहिद अफरीदीलाई गौतम गम्भिरको यस्तो सुझाब, के गर्लान अफरीदी

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफरीदीले हालै सार्वजनिक गरेको आफ्नो आत्मकथामा भारतका पूर्व क्रिकेटरबारे आलोचना गरेका छन् । उनले आफ्नो आत्मकथामा भारतीय टिमका पूर्वक्रिकेटर गौतम गम्भिरमाथि नकारात्मक सोच भएको व्यक्ति भनेका छन् ।

अफरीदीले लेखेको यो कुरा सुनिसकेपछि गम्भिरले सामाजिक सञ्जाल टुइटरमार्फत प्रतिक्रिया दिएका छन् । उनले टुइट गर्दै भनेका छन्, ‘भारत अहिले पनि पाकिस्तानीको उपचारका लागि अस्पताल पठाइरहेको छ । म तिमी (अफरिदी) लाई कुनै मनोचिकित्सकको सम्पर्कमा लिनलाई तयार छु ।’ सन् २००७ को एसिया कपका क्रममा गम्भिर र अफरीदी मैदानमै झगडामा उत्रिएका थिए । उनीहरुलाई छुट्याउन अम्पायरलाई पनि हम्मेहम्मे परेको थियो ।
यो पनि पढ्नुहोस्, आइपिएल अब अन्तिम चरणमा पुगेको छ । सम्ह चरणका खेलहरु आज सकिदै छन् । चेन्नई, दिल्ली र मुम्बई प्लेअफमा पुगिसकेका छन् भने सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्स मध्ये एक टिम अब प्लेअफमा पुग्ने छन् । बैंगलोर, राजस्थान र पंजाव भने प्लेअफमा नपुगी बाहिरिएका छन् ।

यसैबीच शनिवार सम्पन्न खेलमा राजस्थान रोयल्सबाट खेलेका रिवान परागले आइपिएलको इतिहासमा नयाँ रेकर्ड बनाएका छन् ।

परागले आइपिएलमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाएका हुन् । परागले १७ बर्ष १७५ दिनमा आइपिएलमा अर्धशतक बनाएका हुन् । यसअघि राजस्थानबाटै खेलिरहेका संजु सामसनले १८ बर्ष १६९ दिनमा अर्धशतक बनाएका थिए ।

यसअघि पृथ्वी शाले पनि १८ बर्ष १६९ दिनमै आइपिएलमा अर्धशतक बनाएका थिए । त्यसअघि रिषव पन्तले १८ बर्ष २३७ दिनमा आइपिएलमा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड बनाएका थिए । आइपिएलमा कम उमेरमा अर्धशतक बनाउने यी चार खेलाडी नै शनिबारको खेलमा एक अर्काविरुद्ध खेलेका थिए ।

युवा खेलाडी परागले यस बर्ष आइपिएलमा उत्कृष्ट खेल देखाएर सबैलाई प्रभावित गरेका छन् । राजस्थान आइपिएलबाट बाहिरिएको भएपनि उनले खेलका क्रममा देखाएको आत्मविश्वासको सबैले तारिफ गरेका छन् ।

परागले यस सिजनमा ७ खेलका ५ इनिंगमा खेल्दै एक अर्धशतकसहित १६० रन बनाएका छन् । पहिलो पल्ट आइपिएल खेलेका परागले ३२ को औसत र १२७ को स्ट्राइक रेटले रन बनाएका छन् ।

पराग सन् २०१८ भारतले जितेको यु(१९ विश्वकप क्रिकेट टिमका सदस्य हुन् । भारतको अछाम राज्यका पराग दाहिने हाते ब्याट्सम्यान हुन् भने लेग ब्रेक बलिङ समेत गर्ने गर्दछन । उनले अछामको टी२० टिमबाट २०१७ मा डेभ्यु गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com