काठमाडौं । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गरेका छन् । आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको राहुलले बताए ।
राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् ।
‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने।
राहुल भन्छन्, ‘हामीले मोदीसँग चाररपाँच चुनाव लडिसकेका छौँ। जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’
राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले भने, ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ । जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ । चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ ।’
यो पनि पढ्नुहोस्, शनिबार चुनावी अभियानका क्रममा रहेका दिल्लीका मुख्यमन्त्रीले बीच सडकमै झापड खाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजिनामा माग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै आम आद्मी पार्टीका संयोजकसमेत रहेका अरविन्द केजरीवालले उक्त घटना पधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भएको आरोप लगाए ।
केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । उनले गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए । उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको आक्रमण भएको बताएका छन् ।