About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बार्यन म्युनिख फुटवलमा बलियो बन्दै

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं। जर्मन बुन्डेशलिगामा शीर्ष स्थानको बार्यन म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा हनोवरलाई ३–१ गोल अन्तरले हराउँदै बार्यनले उपाधि होडमा आफुलाई बलियो बनाएको हो । हनोवरको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा रोवेर्टो लेवान्डोस्कीले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा लियोन गोरेत्जकाले गोल गर्दै बार्यनको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा बार्यनले २–० गोलको अग्रता बनाएको थियो । खेलको ५१ औँ मिनेटमा हनोवरका डि जिससले पेनाल्टीमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । खेलको ८३ औँ मिनेटमा फ्याङक रिबेरीले गोल गर्दै बार्यनलाई महत्वपूणै तीन अंक दिलाए । शीर्ष स्थानको बार्यनलको ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com