काठमाडौँ । दुई दर्जन भन्दा धेरै नेपाली बालक माथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन।
नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरु माथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो । पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए ।