काठमाडौं । वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाका सम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं–ओसाका उडान गरेको थियो । निगमले मध्य असारदेखि वाइडबडी विमान मार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ ।
जापान उडान गर्ने अब निश्चित भयो, निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, असार १९ गते देखि ओसाकामा नियमित उडान गर्छौँ । उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं–ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । यो समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन ।