About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
गर्भ नरहन कसरी गर्ने यौन सम्पर्क ? हेर्नुहोस्

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।

सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै सेक्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com